• Home
  • राजनीति
  • सरकारले रेशम चौधरीलाई रिहा गर्न ल्याएको अध्यादेशको ज्ञानेन्द्र शाहीले गरे विरोध
Image

सरकारले रेशम चौधरीलाई रिहा गर्न ल्याएको अध्यादेशको ज्ञानेन्द्र शाहीले गरे विरोध

काठमाडौं, २८ मंसिर । सरकारले रेशम चौधरीलाई रिहा गर्न ल्याएको अध्यादेशको विरोध राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता तथा जुम्लाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र शाहीले गरेका छन्।

उनले अध्यादेश तत्काल फिर्ता लिन सरकारसँग माग समेत गरेका छन्। उनले निर्वाचनको मतपरिणाम आइसकेको र केही हप्ताभित्रै प्रतिनिधिसभा बैठक बस्ने अवस्थामा सरकारले अध्यादेशमार्फत कानुन संशोधन गरेर अदालतबाट दोषी ठहर भएका व्यक्तिलाई आममाफी दिन खोजेको र कानुनको खिल्ली उठाएको बताएका छन् ।

उनले मन्त्रिपरिषद् बैठकले पठाएको अध्यादेश फिर्ता पठाउन राष्ट्रपतिलाई आग्रह गरेका छन्। प्रजातान्त्रिक मूल्य मान्यता र विधिको शासनमाथि धज्जी उठाउँदै कामचलाउ सरकारले अध्यादेश ल्याएको उनको आरोप छ । एक विज्ञप्ति जारी गर्दे गर्दै उनले यस्तो बताएका हुन । सरकारले राजनीतिक प्रकृतिका मुद्दा फिर्ता लिन भन्दै आइतबार अध्यादेश ल्याएको थियो। उक्त अध्यादेश पास गर्नका लागि राष्ट्रपतिसमक्ष पठाइएको छ।

Related Posts

जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग

काठमाडौं । जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग सम्बोधन नभए चरणबद्ध रूपमा आन्दोलनका…

ByByanjana soni १ हप्ता अगाडि

एकै दिन सुन तोलामा आठ हजार तीन सयले घट्यो

काठमाडौं, १५ कात्तिक । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदी दुवैको मूल्यमा उच्च गिरावट आएको छ।…

ByByanjana soni १ हप्ता अगाडि

बाबुरामलाई समेत महसुस हुन थाल्यो देश गम्भीर संकटमा फस्दैछ भन्ने

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देश गम्भीर संकटतर्फ अघि बढिरहेको बताएका छन्। आइतबार सामाजिक सञ्जालमार्फत उनले बढ्दो…

ByByanjana soni १ हप्ता अगाडि

रौतहटमा सडक दुर्घटना : प्रहरी जवानको ज्यान गयो, श्रीमती जीवन-मरणको दोसाँधमा

  रौतहट, १३ कात्तिक। रौतहटमा ट्याक्टर र मोटरसाइकलबीच भएको भीषण सडक दुर्घटनाले एक प्रहरी परिवारमा बज्रपात भएको छ।…

ByByanjana soni २ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *