• Home
  • समाचार
  • विनोद पहाडीलाई कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार
Image

विनोद पहाडीलाई कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार

 काठमाडौं, २५ मंसिर । रुपन्देही कर्मथलो बनाएर लामो समय पत्रकारिता तथा विभिन्न सामाजिक सेवामा योगदान दिएका विनोद पहाडीलाई कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कारबाट सम्मानीत गरिएको छ । 

आइतबार एक समारोहका बीच लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचन, मानव अधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीले अधिकारकर्मी पहाडीलाई नगद १ लाख १० हजार, दोसल्ला, सम्मानपत्रबाट सम्मानित गरेका थिए ।

२०४६ सालदेखि पत्रकारिता क्षेत्रमा योगदान दिएका, संविधान सभा सदस्य (२०६४–६९), नेपाल राष्ट्रिय दलित पत्रकार संघका संस्थापक अध्यक्ष, सामाजिक न्यायको आन्दोलनका क्रममा विभिन्न अनुसन्धान/अध्ययन कार्यमा पहाडीले योगदान दिएका छन् । उनी लेखक, विश्लेषणका साथै विभिन्न अधिकार संस्थामा आवद्ध छन् । यसअघि उनी डा. भिमराव अम्बेडकर अवार्डबाट समेत सम्मानित भएका छन् । 

पुरस्कृत भएपछि बोल्दै पहाडीले यो पुरस्कार सिंगो दलित आन्दोलनप्रतिको सम्मान भएको बताए । उनले आफूले यो पुरस्कारको रकम निजी काममा खर्च नगर्ने भन्दै पुरस्कार अक्षयकोषको स्थापनाका लागि प्रयोग गर्ने घोषणा गरे । 

अधिकारकर्मी तथा संचारकर्मी पहाडीलाई तीन दशकदेखि सामाजिक न्यायको क्षेत्रमा गरेको योगदानको बापत सम्मानीत गरिएको समाजका केन्द्रीय महासचिव रामकृष्ण बरालले बताए । 

कार्यक्रममा मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय अध्यक्ष गोविन्द खनाल, तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाण, पूर्वअध्यक्ष मनोज पुडासैनी, वरिष्ठ पत्रकार डा. बालकृष्ण चापागाई, नेपाल पत्रकार महासंघ रुपन्देही जिल्लाका अध्यक्ष रामराज पोखरेल, रुपन्देही सभापति खिम प्रसाद भट्टराई (कृष्ण) ले समाज परिवर्तनमा योगदानमा अग्रसर गराउन सम्मान थप प्रेरणामुलक हुने बताए ।
 

Related Posts

एकै दिन सुन तोलामा आठ हजार तीन सयले घट्यो

काठमाडौं, १५ कात्तिक । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदी दुवैको मूल्यमा उच्च गिरावट आएको छ।…

ByByanjana soni १ हप्ता अगाडि

रौतहटमा सडक दुर्घटना : प्रहरी जवानको ज्यान गयो, श्रीमती जीवन-मरणको दोसाँधमा

  रौतहट, १३ कात्तिक। रौतहटमा ट्याक्टर र मोटरसाइकलबीच भएको भीषण सडक दुर्घटनाले एक प्रहरी परिवारमा बज्रपात भएको छ।…

ByByanjana soni २ हप्ता अगाडि

तोलामा ३२ सयले घट्यो सुनको मूल्य, चाँदीमा पनि भारी गिरावट

काठमाडौं, १३ कात्तिक । नेपाली बजारमा शुक्रबार सुनचाँदी दुवैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका शुक्रबार सुनको…

ByByanjana soni २ हप्ता अगाडि

टिकटकमा हतियार प्रदर्शन गर्दै ‘रौतहटको किङ’ बन्न खोज्ने युवक पक्राउ

रौतहट, ३० असोज । सामाजिक सञ्जाल टिकटकमा धारिलो हतियार प्रदर्शन गर्दै आफूलाई ‘किङ अफ रौतहट’ का रूपमा प्रस्तुत…

ByByanjana soni ४ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *