फेरि बढ्यो सुनचाँदीको मूल्य, तोलाको कति पुग्यो ?
By YOUTV
३ वर्ष अगाडि
Comments: 0
काठमाडौं, २५ मंसिर । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार नेपाली बजारमा आइतबार छापावाल सुनको मूल्य २०० रुपैयाँले बढेको छ । जसअनुसार छापावाल सुन प्रतितोला एक लाख पाँच सय रुपैयाँ पुगेको हो ।
गत शुक्रबार दिन तोला एक लाख तीन सय रुपैयाँमा कारोबार भएको थियो ।आइतबार तेजाबी सुनको मूल्य प्रतितोला एक लाखमा कारोबार भइरहेको छ । गत शुक्रबार यसको मूल्य तोला ९९ हजार आठ सय रुपैयाँ थियो ।
त्यस्तै चाँदीको मूल्य तोला १० रुपैयाँले बढेको छ । जसअनुसार प्रतितोला एक हजार चार सय पुगेको महासंघले जनाएको छ । शनिबार भने चाँदीको मूल्य १३ सय ९० रुपैयाँमा बारोबार भएको थियो ।
जिवनशैली, ताजा समाचार, देश, बागमती प्रदेश, लोकप्रिय
निश्ची अचार: सानो प्रयासबाट राष्ट्रिय पहिचान १ वर्ष अगाडि