• Home
  • राजनीति
  • समानुपातिक सांसदको सूची टुङ्गो आजै लगाउन दलहरूकाे दाैडधुप
Image

समानुपातिक सांसदको सूची टुङ्गो आजै लगाउन दलहरूकाे दाैडधुप

काठमाडौँ, २४ मंसिर ।   निर्वाचन आयोगले समानुपातिक सांसदको सूची आजसम्म टुंगो लगाउन समयसीमा दिएपछि सबैजासो दलहरू बैठक र छलफलमा जुटेका छन् । आयोगले समानुपातिक संसद्को अन्तिम सूची आज ४ बजेभित्रै पेश गर्न भनेको थियो । 

यही क्रममा एमालेको सचिवालय बैठक एमाले मुख्यालमा बसिरहेको छ भने नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कमिटीले सबै १३ समानुपातिक सांसदको नाम चयन गरेको छनएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले आजै ४ बजेभित्रै सूची बुझाउने जनाएको छ । उसका अनुसार निर्वाचनअघि बुझाएको बन्द सूचीमा कुनै पनि हेरफेर गरिएको छैन । एमालेले पनि आजै समानुपातिक सांसदको सूची आयोगमा बुझाउने जनाएको छ ।

कांग्रेस केन्द्रीय कार्य सम्पानद समितिको बैठकले समानुपातिक तर्फको ३२ जनाको नाम टुंगाएको जनाएको छ । कांग्रेसले पनि आजै आयोगमा सूची बुझाउने जनाएको छ ।

४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको अन्तिम नतिजा आएपछि आयोगले दलहरूले प्राप्त गरेको समानुपातिक सिट संख्याको अन्तिम सूची आजसम्म बुझाउन निर्देशन दिएको थियो । केही साना दलले यसअघि नै समानुपातिक सूची टुङ्गो लगाइसकेका छन् । 

Related Posts

जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग

काठमाडौं । जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग सम्बोधन नभए चरणबद्ध रूपमा आन्दोलनका…

ByByanjana soni १ हप्ता अगाडि

एकै दिन सुन तोलामा आठ हजार तीन सयले घट्यो

काठमाडौं, १५ कात्तिक । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदी दुवैको मूल्यमा उच्च गिरावट आएको छ।…

ByByanjana soni १ हप्ता अगाडि

बाबुरामलाई समेत महसुस हुन थाल्यो देश गम्भीर संकटमा फस्दैछ भन्ने

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देश गम्भीर संकटतर्फ अघि बढिरहेको बताएका छन्। आइतबार सामाजिक सञ्जालमार्फत उनले बढ्दो…

ByByanjana soni १ हप्ता अगाडि

रौतहटमा सडक दुर्घटना : प्रहरी जवानको ज्यान गयो, श्रीमती जीवन-मरणको दोसाँधमा

  रौतहट, १३ कात्तिक। रौतहटमा ट्याक्टर र मोटरसाइकलबीच भएको भीषण सडक दुर्घटनाले एक प्रहरी परिवारमा बज्रपात भएको छ।…

ByByanjana soni २ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *