• Home
  • अर्थ
  • २५ न.वडामा ९० घन्टे सिलाइ कटाइ तालिम उद्घाटन
Image

२५ न.वडामा ९० घन्टे सिलाइ कटाइ तालिम उद्घाटन

काठमाडौं, २४ मंसिर । सीप सिकौं,रोजगार गरौं भन्ने मुल नाराका साथ ९० घन्टे सिलाइ कटाइ तालिम आज उद्घाटन भएको छ।सरिता सीप कला केन्द्र बीरगंजको आयोजना र बीरगंज महानगरपालिका २५न. वडा कार्यालयको सहयोगमा सो तालिम भएको हो ।तालिमको उद्घाटन समारोहमा प्रमुख अतिथि वडा अध्यक्ष आशुतोष चतुर्बेदीले आफ्नो वडाका महिलाहरुको क्षमता विकास संगै आर्यआर्जन टेवा पुर्याउने उदेश्यले तालिम आयोजना गरेको बताए।

उनले भने घरमा महिलाहरु यतिकै बस्नुपरेको अवस्थामा सिपबाट घर ब्यवहारमा राहत होस् भन्ने योजना रहेकोले तालिमबाट सिकेका सीपलाइ ब्यवहारमा ल्याउन वडा अध्यक्ष चतुर्बेदीले आग्रह गर्नु भएको थियो।तालिमको उद्घाटन समारोहमा वडा सचिव हरेराम चौधरी ,महिला वडा सदस्य फुलेनिया देवी,बँका पटेल,बृजमोहन प्रसाद , प्रशिक्षक राधा चौधरी ,साहिना खातुन लगायतले आ,आफ्नो धारणा राख्नु भएको थियो ।तालिममा ३५ जना महिलाहरुको सहभागी रहेको थियो।सरिता सीप कला केन्द्र बीरगंजका अध्यक्ष सरिता गुप्ताको अध्यक्षतामा कार्यक्रम उद्घाटन भएको हो कार्यक्रमको सहजिरण बंशीधर गुप्ताले गरेका थिए ।

Related Posts

एकै दिन सुन तोलामा आठ हजार तीन सयले घट्यो

काठमाडौं, १५ कात्तिक । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदी दुवैको मूल्यमा उच्च गिरावट आएको छ।…

ByByanjana soni १ हप्ता अगाडि

रौतहटमा सडक दुर्घटना : प्रहरी जवानको ज्यान गयो, श्रीमती जीवन-मरणको दोसाँधमा

  रौतहट, १३ कात्तिक। रौतहटमा ट्याक्टर र मोटरसाइकलबीच भएको भीषण सडक दुर्घटनाले एक प्रहरी परिवारमा बज्रपात भएको छ।…

ByByanjana soni २ हप्ता अगाडि

तोलामा ३२ सयले घट्यो सुनको मूल्य, चाँदीमा पनि भारी गिरावट

काठमाडौं, १३ कात्तिक । नेपाली बजारमा शुक्रबार सुनचाँदी दुवैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका शुक्रबार सुनको…

ByByanjana soni २ हप्ता अगाडि

टिकटकमा हतियार प्रदर्शन गर्दै ‘रौतहटको किङ’ बन्न खोज्ने युवक पक्राउ

रौतहट, ३० असोज । सामाजिक सञ्जाल टिकटकमा धारिलो हतियार प्रदर्शन गर्दै आफूलाई ‘किङ अफ रौतहट’ का रूपमा प्रस्तुत…

ByByanjana soni ४ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *