Trending

भारतको ज्यादतीप्रति नेपाल सरकार रमिते बन्यो –राष्ट्रिय स्वतन्त्र पार्टी

905Views
0 Shares

काठमाडौं, २० मंसिर ।   रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले भारतीय पक्षबाट सीमा क्षेत्रमा भइरहेका ज्यादतीप्रति नेपाल सरकार रमिते बनेको आरोप लगाएको छ । 

भारतले एकतर्फी ढंगबाट महाकालीको बहाव नेपालतर्फ धकेलेरे अनधिकृत पक्की संरचना बनाउन लागेको र त्यसको विरोधमा उत्रिएका नेपालीमाथि आक्रमण हुँदा नेपाल सरकार मूकदर्शक बनेर बसेको सो पार्टीले आरोप लगाएको छ ।  

‘अन्तर्राष्ट्रिय सन्धी सम्झौता भारतसँगको हाम्रै द्विपक्षीय सन्धी सम्झौताहरु विपरीत कार्य भइरहंदा पनि सरकार मुकदर्शक बनेर रमिता मात्रै हेरिरहनु हदैसम्मको गैर–जिम्मेवार कार्य हो,’ सो पार्टीका प्रवक्ता डा. मुकुल ढकालले सोमबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘ कुनै पनि नेपाली राजनीतिक दल, त्यसमा पनि सरकार संचालनको जिम्मेवारीमा रहेका दलहरुले केवल आफ्नो राजनीतिक लाभ हेरेर देशको सिमाना र नागरिकको जीवन रक्षाको लागि केही नबोल्ने सरकारले हाम्रो राष्ट्रियता कमजोर हुने गम्भीर जोखिम देखिन्छ । सरकारको गैरजिम्मेवारीले स्थानीय नेपाली नागरिकहरु प्रतिरोधमा उत्रिनु पर्ने बाध्यता बनेको छ ।’

विज्ञप्तिको पूर्णपाठ

महाकालीको बहाव नेपालतर्फ धकेलेर भारतले अनधिकृत पक्की संरचना बनाउदै गरेकोमा नेपाली नागरिकहरुले त्यसको प्रतिरोध गर्दा भारतीय पक्षबाट हानिएको ढुंगाले खेलिरहेका नेपाली बालबालिकासमेत धाइते भएको र एक वर्षभित्र २ पटक ढुंगामुढा भइसकेको समाचारहरुप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ।

अन्तर्राष्ट्रिय सन्धी सम्झौता भारतसँगको हाम्रै द्विपक्षीय सन्धी सम्झौताहरु विपरीत कार्य भइरहंदा पनि सरकार मुकदर्शक बनेर रमिता मात्रै हेरिरहनु हदैसम्मको गैर–जिम्मेवार कार्य हो । कुनै पनि नेपाली राजनीतिक दल, त्यसमा पनि सरकार संचालनको जिम्मेवारीमा रहेका दलहरुले केवल आफ्नो राजनीतिक लाभ हेरेर देशको सिमाना र नागरिकको जीवन रक्षाको लागि केही नबोल्ने सरकारले हाम्रो राष्ट्रियता कमजोर हुने गम्भीर जोखिम देखिन्छ । सरकारको गैरजिम्मेवारीले स्थानीय नेपाली नागरिकहरु प्रतिरोधमा उत्रिनु पर्ने बाध्यता बनेको छ । विभिन्न संरचना बनाएर महाकालीको बहाव नेपालतर्फ धकेलिंदा र त्यहाँका स्थानीय नेपाली नागरिकहरु प्रतिरोधमा उत्रिरहंदा ठुलो दुर्घटनाको जोखिम बढाएको छ ।

भारतीय पक्षबाट महाकालीको बहाव परिवर्तन गर्ने, नदी तथा किनारमा अनधिकृत संरचना निर्माण गर्ने, ढुंगामुढा गर्ने जस्ता कार्यहरु आपसी सदभाव बिगार्ने, दुखद, अतिक्रमणकारी र भत्र्त्सनायोग्य छन् यस्ता कार्यहरु नगर्न, बनाउँदै गरिएका र बनिसकेका अनधिकृत संरचनाहरु भत्काउन भारत सरकारको ध्यानाकर्षण गराउदै नेपाल सरकारले भारतसंगका हाम्रा र अन्तर्राष्ट्रिय सन्धी सम्झौताका आधारमा आफ्नो सीमा र नागरिकको रक्षा गनं यथाशिघ्र कुटनीतिक पहल सुरु गरिहाल्न, घाइते तथा पीडितहरुको औषधी उपचार, सुरक्षाको बन्दोबस्त गर्दे सिमा सम्पदाको संरक्षक र नागरिकलाई अभिभावकत्वको अनुभूति हुने गरी प्राथमिकताका साथ कार्य गर्न आग्रह गर्दछौं ।

साथै, नेपाली नागरिकहरुको सुरक्षा, राष्ट्रियताका मुद्दा लगायतका राष्ट्रहितका लागि हाम्रो पार्टीका तर्फबाट सदैव साथ र समर्थन रहने कुरा पनि स्मरण गराउन चाहन्छौं ।

डा. मुकुल ढकाल

प्रवक्ता तथा महामन्त्री
 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय