Image

इरानमा महिलालाई हिजाब लगाउन बाध्य पार्ने नैतिकता प्रहरी एकाइ खारेज

तेहरान, १९ मंसिर । हिजाब नलगाएको आरोपमा पक्राउ परेकी एक युवतीको मृत्युसँगै देशव्यापी फैलिएको दुई महिना लामो प्रदर्शनपछि इरानले अन्ततः आफ्नो नैतिकता प्रहरी एकाइहरू खारेज गरेको एक शीर्ष न्यायिक अधिकारीले जानकारी दिएका छन् ।

हिजावसम्बन्धी नियम उल्लंघन गरेको भन्दै नैतिकतासम्बन्धी प्रहरीले सेप्टेम्बरको मध्यमा महसा अमिनिलाई पक्राउ गरेको थियो । उनको हिरासतमै मृत्यु भएको थियो । उनको मृत्युको विरोधमा भएका प्रदर्शनमा मात्र ३०० जनाभन्दा बढीको मृत्यु भएको छ । प्रहरीले हजारौँलाई पक्राउ गरेको छ । पक्राउ परेका सयौँविरुद्ध सरकारले मुद्दा लगाएको छ ।

नैतिकता प्रहरी इकाइहरू खारेज गर्न विपक्षी दलहरूको तीव्र दबाबबीच सरकारको पछिल्लो निर्णय आएको हो । उनीहरुले नैतिकतासम्बन्धी प्रहरीका गतिविधि नियन्त्रण गर्न पनि माग गरेका थिए ।

‘नैतिकता पुलिसको न्यायपालिकासँग कुनै सरोकार छैन र यसलाई खारेज गरिएको छ’, एक धार्मिक सम्मेलनमा ‘नैतिकता प्रहरीलाई किन बन्द गरिँदै छ ?’ भन्ने एक सहभागीको प्रश्नको जवाफ दिँदै महान्यायाधिवक्ता मोहम्मद जाफर मोन्ताजेरीले भने । 

Related Posts

एकै दिन सुन तोलामा आठ हजार तीन सयले घट्यो

काठमाडौं, १५ कात्तिक । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदी दुवैको मूल्यमा उच्च गिरावट आएको छ।…

ByByanjana soni १ हप्ता अगाडि

रौतहटमा सडक दुर्घटना : प्रहरी जवानको ज्यान गयो, श्रीमती जीवन-मरणको दोसाँधमा

  रौतहट, १३ कात्तिक। रौतहटमा ट्याक्टर र मोटरसाइकलबीच भएको भीषण सडक दुर्घटनाले एक प्रहरी परिवारमा बज्रपात भएको छ।…

ByByanjana soni २ हप्ता अगाडि

तोलामा ३२ सयले घट्यो सुनको मूल्य, चाँदीमा पनि भारी गिरावट

काठमाडौं, १३ कात्तिक । नेपाली बजारमा शुक्रबार सुनचाँदी दुवैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका शुक्रबार सुनको…

ByByanjana soni २ हप्ता अगाडि

टिकटकमा हतियार प्रदर्शन गर्दै ‘रौतहटको किङ’ बन्न खोज्ने युवक पक्राउ

रौतहट, ३० असोज । सामाजिक सञ्जाल टिकटकमा धारिलो हतियार प्रदर्शन गर्दै आफूलाई ‘किङ अफ रौतहट’ का रूपमा प्रस्तुत…

ByByanjana soni ४ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *