• Home
  • खेलकुद
  • मेसीको गोलमा अर्जेन्टिना क्वाटरफाइनलमा
Image

मेसीको गोलमा अर्जेन्टिना क्वाटरफाइनलमा

काठमाडौं, १८ मंसिर  । अस्ट्रेलियालाई २–१ ले हराउँदै अर्जेन्टिना कतार फिफा विश्वकप २०२२ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । शनिबार राति अहमद विन अली मैदानमा अर्जेन्टिनालाई जित दिलाउन कप्तान लियोनल मेसी र जुलियन अल्भारेजले एक-एक गोल गरे । अर्जेन्टिनाको एन्जो फेर्नान्डेजले आत्माघाति गोल गरेका थिए । 

करियरको एक हजार खेल खेलेका मेसीले ३५औं मिनेटमा गोल गरेका थिए । बक्स भित्र ओटामेन्डीले मिलाएको बललाई मेसीले सहज गोल गरे । यस गोलसँगै मेसीले नकआउट चरणमा पहिलो गोलगर्न सफल रहे । मेसीले देशका लागि एक सय १९औं खेल खेलेका थिए । यससँगै फिफा विश्वकपमा मेसीको गोलसख्या नौं पुुगेको छ ।

दोस्रो हाफमा दुई पटकको च्याम्पियन अर्जेन्टिनाले दोस्रो अग्रता बनायो । अल्भारेजले ५७औं मिनेटमा बक्सभित्रबाट सहज गोल गरे । अस्ट्रेलियाको गोलरक्षक म्याट रायनले गरेको गल्ती फाइदा उठाउँदै जुलियन अल्भारेजले २–० को अग्रता दिलाएका हुन् । 

खेलको ७७औं मिनेटमा अस्ट्रेलियाले दूरी घटायो ।  वैकल्पिक खेलाडी क्राइग गुडविनको प्रहार अर्जेन्टिनी डिफेन्डर एन्जो फर्नान्डेजलाई लाग्दै जाली चुमेको थियो । खेलको दोस्रो हाफमा अजिज बेहिचले दोस्रो गोल गर्ने अवसर गुमाएका थिए । उनको प्रहार बक्सभित्रबाट अर्जेन्टिनाको लिसान्द्रो मार्टिनेजले क्लियर गरेका थिए । 

अब, अर्जेन्टिनाले सेमिफाइनल प्रवेशका लागि नेदरल्यान्ड्सको सामना गर्नेछ । राति नै सम्पन्न खेलमा नेदरल्यान्ड्सले अमेरिकालाई हराएको थियो । 
 

Related Posts

एकै दिन सुन तोलामा आठ हजार तीन सयले घट्यो

काठमाडौं, १५ कात्तिक । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदी दुवैको मूल्यमा उच्च गिरावट आएको छ।…

ByByanjana soni १ हप्ता अगाडि

रौतहटमा सडक दुर्घटना : प्रहरी जवानको ज्यान गयो, श्रीमती जीवन-मरणको दोसाँधमा

  रौतहट, १३ कात्तिक। रौतहटमा ट्याक्टर र मोटरसाइकलबीच भएको भीषण सडक दुर्घटनाले एक प्रहरी परिवारमा बज्रपात भएको छ।…

ByByanjana soni २ हप्ता अगाडि

तोलामा ३२ सयले घट्यो सुनको मूल्य, चाँदीमा पनि भारी गिरावट

काठमाडौं, १३ कात्तिक । नेपाली बजारमा शुक्रबार सुनचाँदी दुवैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका शुक्रबार सुनको…

ByByanjana soni २ हप्ता अगाडि

विश्वकप अधिकार बेच्ने गोप्य योजना: फिफा अध्यक्ष इन्फान्टिनोले मागे माफी

काठमाडौं, ३० असोज। अध्यक्ष जियानी इन्फान्टिनोले ‘फिफा फरवार्ड इन्टरप्राइज’मार्फत विश्वकपका अधिकारहरू बेच्ने आफ्नो योजनाका लागि फिफा काउन्सिल समक्ष…

ByByanjana soni ४ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *