• Home
  • समाचार
  • यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
Image

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं, १७ मंसिर । नेपाल राष्ट्र बैंकले शनिबारको विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। आज एक अमेरिकी डलरको खरिद मूल्यमा सामान्य ० दशमलब ६ पैसाले वृद्धि भएको छ ।  अमेरिकी डलरको खरिद मुल्य १२९ रुपैयाँ ८२ पैसा र विक्री मूल्य १३० रुपैयाँ ४२ पैसा तोकिएको छ ।

यस्तै शुक्रबार   युरोपियन युरो एकको खरिददर १३५ रुपैयाँ ३५ पैसा र बिक्रीदर १३५ रुपैयाँ ९८ पैसामा खरिद बिक्री भएको थियोे भने  आज युरोपियन युरो ० दशमलब ६४ पैसाले उकालो लागि  एकको खरिददर १३६ रुपैया ५४ पैसा  विक्री दर १३७ रुपैयाँ १८ पैसा कायम रहेको छ । अष्ट्रेलियन डलरको खरिदर  ८८ रुपैयाँ ४३ पैसा  र बिक्रीमा ८८ रुपैयाँ ८४ पैसा कायम रहेको राष्ट्र बैंकले  जनाएको छ । 

यस्तै,  क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ५६ पैसा र बिक्रीदर ९७ रुपैयाँ,  सिंगापुरे डलरमा ० दशमलब ४५ पैसाले उकालो लागि यसको खरिददर ९६ रुपैयाँ १० पैसा र विक्री दर ९६ रुपैयाँ ५५ पैसा रहेको छ।

जापानी येनमा १० एकको खरिदमा ९ रुपैयाँ ६७  पैसा र विक्रीमा ९ रुपैयाँ ७१ पैसा, चाइनिज युआन एकको खरिददर १८ रुपैयाँ ४८ पैसा र बिक्रीदर १८ रुपैयाँ ५७ पैसा, साउदी अरेवियन रियाल एकको खरिदमूल्य ३४ रुपैयाँ ५४ पैसा र बिक्रीमूल्य ३४ रुपैयाँ ७० पैसा, कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ४७ पैसा र बिक्रीदर ३५ रुपैयाँ ६४ पैसा र मलेसियन रिंग्गेट एकको खरिददर २९ रुपैयाँ ५९ पैसा र बिक्रीदर २९ रुपैयाँ ७२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । 

Related Posts

एकै दिन सुन तोलामा आठ हजार तीन सयले घट्यो

काठमाडौं, १५ कात्तिक । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदी दुवैको मूल्यमा उच्च गिरावट आएको छ।…

ByByanjana soni १ हप्ता अगाडि

रौतहटमा सडक दुर्घटना : प्रहरी जवानको ज्यान गयो, श्रीमती जीवन-मरणको दोसाँधमा

  रौतहट, १३ कात्तिक। रौतहटमा ट्याक्टर र मोटरसाइकलबीच भएको भीषण सडक दुर्घटनाले एक प्रहरी परिवारमा बज्रपात भएको छ।…

ByByanjana soni २ हप्ता अगाडि

तोलामा ३२ सयले घट्यो सुनको मूल्य, चाँदीमा पनि भारी गिरावट

काठमाडौं, १३ कात्तिक । नेपाली बजारमा शुक्रबार सुनचाँदी दुवैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका शुक्रबार सुनको…

ByByanjana soni २ हप्ता अगाडि

टिकटकमा हतियार प्रदर्शन गर्दै ‘रौतहटको किङ’ बन्न खोज्ने युवक पक्राउ

रौतहट, ३० असोज । सामाजिक सञ्जाल टिकटकमा धारिलो हतियार प्रदर्शन गर्दै आफूलाई ‘किङ अफ रौतहट’ का रूपमा प्रस्तुत…

ByByanjana soni ४ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *