Image

लुम्बिनीमा समानुपातिकतर्फ पनि एमाले पहिलो दल

काठमाडौं, १५ मंसिर

प्रदेश सभा निर्वाचनमा लुम्बिनी प्रदेशमा ३२ दलले भाग लिएकामा नेकपा एमालेले सबै भन्दा धेरै मत पाएको छ । ४ मंसिरको चुनावमा लुम्बिनी प्रदेशमा खसेको १८ लाख ८७ हजार ७८ सदर मतमा नेकपा एमालेले ५ लाख ७० हजार ९२१ मत पाएको छ ।

दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले ४ लाख ९९ हजार ९८६ मत पाएको छ । एमालेले पाएको मत कांग्रेसले पाएको भन्दा ७० हजार ९३५ बढी हो । तेस्रो स्थानमा रहेको नेकपा माओवादी केन्द्रले १ लाख ९८ हजार ४५०, राष्ट्रिय प्रजातन्त्र पार्टीले १ लाख २७ हजार ४५२, नागरिक उन्मुक्ति पार्टीले १ लाख २५ हजार ५५१ मत पाएका छन् ।

निर्वाचन आयोगको तथ्यांक अनुसार डा. सिके राउत नेतृत्वको जनमत पार्टीले ८१ हजार ६०५, जनता समाजवादी पार्टीले ६० हजार ८८६, नेकपा एकीकृत समाजवादीले ४२ हजार ६२१, लोकतान्त्रिक समाजवादी पार्टीले ३७ हजार ६३१, राष्ट्रिय जनमोर्चाले ३२ हजार ६४७ मत पाएका छन् ।

नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले प्रदेशसभामा सिट पाउने वा नपाउने यकिन भइसकेको छैन ।

यस्तै हाम्रो नेपाली पार्टीले २७ हजार ७०४,राष्ट्रिय जनमुक्ति पार्टीले १७ हजार ८६७, हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टीले १५ हजार १०९, मंगोल नेशनल अर्गनाइजेसनले ११ हजार ८६७,नेकपा मालेले ६ हजार ४४५, नेपाल जनता पार्टीले ५ हजार २२२, वहुजन शक्ति पार्टीले ४ हजार ४६, राप्रपा नेपालले ३ हजार ३४९, नेपाल सुशासन पार्टीले २ हजार ७९१, नेपाल संघीय समाजवादी पार्टीले १ हजार ९१२ मत पाएका निर्वाचन आयोगले जनाएको छ ।

यस्तै नेपाल मजदुर किसान पार्टीले १ हजार ६५९, नेपालका लागि नेपाली पार्टीले १ हजार ६०७, नेपाली जनता दलले १ हजार ४१९, नेपाली कांग्रेस बीपीले १ हजार २८८, जनसमाजवादी पार्टीले १ हजार २१४,नेपाल लोकतान्त्रिक पार्टीले १ हजार २०७, नेपाल दलित पार्टीले १ हजार १४, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले ९७३, मौलिक जरोकिलो पार्टीले ९२८, विवेकशील साझा पार्टीले ७९१ र नेश्नलिस्ट पिपुल्स पार्टीले सबैभन्दा कम ४५७ मत पाएको निर्वाचन आयोगको तथ्यांकमा उल्लेख छ ।

प्रदेशको प्रत्यक्षतर्फपनि १८ सिट जितेर नेकपा एमाले नै पहिलो बनेको छ । कांग्रेसले १७, माओवादी केन्द्रले ५, राप्रपा, जसपा, लोसपा र नागरिक उन्म्ुक्ति पार्टीले २–२ सिट, जनमत पार्टीले एक सिट र माओवादीका बागी (स्वतन्त्र) उम्मेदवारले तीन सिट जितेका छन् ।

Related Posts

डा. शितांशु ढकालले मिस नेपाल २०२६ मा लोकप्रिय मतका लागि समर्थन अपिल

काठमाडौं । मिस नेपाल २०२६ की प्रतियोगी प्रतियोगी नम्बर १३ डा. शितांशु ढकाल ले आफूलाई Dabur Real Miss…

ByByYOUTV Nepal २ हप्ता अगाडि

२० भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका DEV RN, पहिलो मैथिली गीतदेखि एकै दिन दुई गीत सार्वजनिक

काठमाडौं । नेपाली म्युजिक भिडियो क्षेत्रमा उदाउँदा कलाकारका रूपमा परिचित DEV RN ले छोटो समयमै आफ्नो अलग पहिचान…

ByByanjana soni १ महिना अगाडि

सुनसरीकाे गढीमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण स्थानीयलाई विपद् स्वयंसेवक तालिम ।

सुनसरीकाे गढीमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण हेड क्वाटर सुनसरीले गढी गाउँपालिकाका २५ जना स्थानीयलाई समेटेर…

ByBySulav Rijal १ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *