• Home
  • ताजा समाचार
  • नाट्य कृति बन्यो उपन्यास ‘पल्पसा क्याफे’, महोत्सवमा आज इटालीको नाटक
Image

नाट्य कृति बन्यो उपन्यास ‘पल्पसा क्याफे’, महोत्सवमा आज इटालीको नाटक

काठमाडौं, १५ कात्तिक

लेखक नारायण वाग्लेको उपन्यास ‘पल्पसा क्याफे’ नाट्य कृतिका रूपमा प्रकाशन भएको छ । सन् २००५ मा प्रकाशित उपन्यास ‘पल्पसा क्याफे’को नाट्य रुपान्तरण काठमाडौं थापागाउँस्थित मण्डला थिएटरमा जारी अन्तर्राष्ट्रिय नाटक महोत्सवको क्रममा सार्वजनिक गरिएको हो ।

लेखक वाग्लेको मदन पुरस्कार प्राप्त उक्त पुस्तकको नाट्य रूपान्तरण लेखक सुरज सुवेदीले गरेका हुन् । नाट्य रूपान्तरको अनुभव सुनाउँदै सुवेदीले उपन्यासभन्दा अगाडि पुगेर कथावस्तुलाई नाटकका रूपमा तयार गरिएको जानकारी दिए ।

‘उपन्यासको मर्म कायम राखेर नाटक बनाएका हौं,’ लेखक सुवेदीले भने, ‘नाट्य रूपान्तरणमा पात्रको संवाद, उपस्थिति पनि बढेको छ । यहाँ द्वन्द्वमा बेपत्ता भएकाको पर्खाइमा रहेका परिवारको माध्यमबाट कथा भनिएको छ ।’

कल्पनाशीलता प्रयोग गरिएका कारण पुस्तक उपन्यासजस्तै नरहेको समेत लेखक सुवेदीले बताए । उनका अनुसार उपन्यासमा दृश्य र पल्पसा प्रमुख पात्र थिए भने नाटकले उनीहरूलाई पर्खेर बसेकी हजुरआमाको कोणबाट कथा भनेको छ । यसका लागि उपन्यासकार वाग्लेले पूर्ण स्वतन्त्रता दिएको बताए ।

विमोचन कार्यक्रममा लेखक सुवेदी र कवि नवराज पराजुलीले पुस्तकको अंश वाचन गरेका थिए । उपन्यास ‘पल्पसा क्याफे’ अंग्रेजी, कोरियन, फ्रेन्च र सिंहाली भाषामा अनुवाद भइसकेको छ ।

आज इटालीको नाटक प्रदर्शन हुँदै

महोत्सवको सातौं दिन बिहीबार इटालीको मजदुरको कथा बोकेको नाटक ‘मेड इन सिल्भा’ मञ्चन हुँदैछ । नाटकले प्रतिकूल उत्पादन प्रणालीभित्र कैद एक मजदुरको कथा भन्छ ।

उत्तरआधुनिक परिवेशमा मानिस कसरी यान्त्रिक मानिसभन्दा पनि एकोहोरो चालको मेसिनमा परिणत हुन्छ र कसरी कृत्रिम अस्तित्वमा बाँच्न बाध्य हुन्छ भन्ने कथा यसले पेस गर्छ ।

अन्ना डोरा डोर्नो निर्देशित तथा निकोला पियन्जोला लिखित ‘मेड इन इल्भा’ मध्यान्ह १२ र दिउँसो ४ बजे मञ्चन हुँदैछ ।

त्यस्तौ सातौं दिनको प्यानल डिसकसनको विषय ‘थिएटर शिक्षाः अवसर र चुनौती’ रहेको छ । साँझ ५ बजे यस विषयमा विश्वविद्यालयका सम्बन्धित र थिएटर व्यक्तित्वबीच अन्तरक्रिया हुनेछ ।

बिहीबारै कचहरी नाटक र क्लाउन नाटक सम्बन्धी कार्यशाला पनि हुँदैछ भने मण्डला थिएटरले सञ्चालन गरेको पहिलो एक वर्षे ड्रामा स्कुलका क्रियाकलाप, उपलब्धि र प्रतिक्रिया समेटिएको वृत्तचित्र पनि प्रदर्शन गरिंदैछ ।

Related Posts

माननीय उद्योगमन्त्री ई. दीपक कुमार साह र चिनियाँ राजदूतबीच शिष्टाचार भेटघाट

काठमाडौं, असोज २८। माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री ई. दीपक कुमार साह र नेपालका चीनका राजदूत महामहिम…

ByByanjana soni ५ दिन अगाडि

सामाजिक सञ्जालमा आपत्तिजनक गतिविधि गरेको आरोपमा ‘झापाली’ भनिने मनीष पाण्डे पक्राउ

काँकडभिट्टा । सामाजिक सञ्जालमा विवादास्पद तथा आपत्तिजनक गतिविधि गरेको आरोपमा ‘झापाली’ नामले चिनिने मनीष पाण्डे पक्राउ परेका छन्।…

ByByanjana soni १ हप्ता अगाडि

‎शान्तिकुञ्जबाट तीन ज्योति कलश रथ रवाना, ५० भन्दा बढी जिल्लामा जनजागरण अभियान

रौतहट २५ असोज । गायत्री परिवारकी संस्थापिका माता भगवती देवी शर्माको जन्मशताब्दी समारोहलाई जनस्तरसम्म पुर्‍याउने उद्देश्यले भारतको हरिद्वारस्थित…

ByByanjana soni १ हप्ता अगाडि

गौशालामा नवदुर्गा महोत्सव २०८३ आयोजना हुँदै, घटस्थापनाको दिन भव्य कलश यात्रा

  काठमाडौं। श्री माँ भवानी दुर्गा पूजा तथा हिन्दू संस्कृति परिषद्ले यस वर्ष पनि नवदुर्गा महोत्सव २०८३ आयोजना…

ByByanjana soni १ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *