Image

दक्षिण अफ्रिकाका राष्ट्रपति रामाफोसामाथि महाअभियोग लाग्न सक्ने

काठमाडौं, १५ मंसिर ।  दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले ‘फार्मगेट’ काण्डमा सम्भावित महाभियोगको चेतावनी सामना गरिरहेका छन् । राष्ट्रपतिलाई २०२० मा आफ्नो फार्ममा ४० लाख डलर लुकाएको आरोप लगाइएको छ । सोही विषयमा अपहरण र चोरहरूलाई घुस दिएको पनि उनीमाथि आरोप छ । 

रामाफोसाले पदको दुरुपयोग गरेको र भ्रष्टाचार विरोधी कानुन तोडेको हुनसक्ने स्वतन्त्र प्यानलको एउटा चुहावट भएको रिपोर्टले पत्ता लगाएको छ । उनले गल्तीलाई अस्वीकार गर्दै भैंसी बेचेर पैसा आएको बताएका छन् ।

प्यानलको निष्कर्षहरू संसदमा हस्तान्तरण गरिएको छ,। संसदले प्यानलको रिपोर्ट जाँच गर्न र अर्को हप्ता महाभियोग प्रक्रिया सुरु गर्ने वा नगर्ने निर्णय गर्न तय भएको छ ।रामाफोसा सन् २०२४ मा आफ्नो पार्टी अफ्रिकन नेसनल कंग्रेस (एएनसी) बाट दोस्रो कार्यकालका लागि उम्मेदवार हुन सक्छन् वा  सक्दैनन भन्ने निर्णय गर्ने सम्मेलन आउन एक महिनाभन्दा कम समय बाँकी छ।

एएनसीले बिहीबार आफ्नो कार्यकारिणीसँग बैठक गर्ने, जहाँ यो मुद्दामा छलफल हुने अपेक्षा गरिएको छ। एएनसी कार्यकारिणीको आज बिहीबार हुने बैठकमा यस मुद्दामा छलफल हुने अपेक्षा गरिएको छ।
 

Related Posts

एकै दिन सुन तोलामा आठ हजार तीन सयले घट्यो

काठमाडौं, १५ कात्तिक । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदी दुवैको मूल्यमा उच्च गिरावट आएको छ।…

ByByanjana soni १ हप्ता अगाडि

रौतहटमा सडक दुर्घटना : प्रहरी जवानको ज्यान गयो, श्रीमती जीवन-मरणको दोसाँधमा

  रौतहट, १३ कात्तिक। रौतहटमा ट्याक्टर र मोटरसाइकलबीच भएको भीषण सडक दुर्घटनाले एक प्रहरी परिवारमा बज्रपात भएको छ।…

ByByanjana soni २ हप्ता अगाडि

तोलामा ३२ सयले घट्यो सुनको मूल्य, चाँदीमा पनि भारी गिरावट

काठमाडौं, १३ कात्तिक । नेपाली बजारमा शुक्रबार सुनचाँदी दुवैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका शुक्रबार सुनको…

ByByanjana soni २ हप्ता अगाडि

टिकटकमा हतियार प्रदर्शन गर्दै ‘रौतहटको किङ’ बन्न खोज्ने युवक पक्राउ

रौतहट, ३० असोज । सामाजिक सञ्जाल टिकटकमा धारिलो हतियार प्रदर्शन गर्दै आफूलाई ‘किङ अफ रौतहट’ का रूपमा प्रस्तुत…

ByByanjana soni ४ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *