Trending

कतार विश्वकप :ब्राजिल नकआउट चरणमा

925Views
0 Shares


काठमाडौं, १३ मंसिर। पाँच पटकको विश्व विजेता ब्राजिल स्विट्जरल्यान्डलाई १–० ले पराजित गर्दै एक खेल अघि नै कतार विश्वकप २०२२ को नकआउट चरणमा प्रवेश गरेको छ । दोहास्थित ९७४ मैदानमा कासेमिरोले खेल सकिन साँत मिनेट अघि गरेको गोलमा ब्राजिल विजयी भएको हो । 

स्विस गोलकिपर यान सोमर र रक्षापंक्तिले उत्कृष्ट प्रदर्शन गरेपछि ब्राजिल कठिन जित निकाल्न सफल भएको हो । कासिमिरोले रोड्रिगोको पास सदुपयोग गरेका थिए । यस अघि खेलको ६५औं मिनेटमा भिनिसियस जुनियरको गोल अफसाइड भएको थियो । 

लगातार दोस्रो जितपछि ब्राजिल समूह ‘जी’बाट एक खेल अगावै अन्तिम १६ प्रवेश गरको छ । पहिलो खेलमा उसले सर्बियामाथि २–० को जित हासिल गरेको थियो ।दुई खेलमा तीन अंक सहित स्विट्जरल्यान्ड दोस्रो स्थानमा छ । समूहमा सोमबारै चाँडो गरि सम्पन्न खेलमा क्यामरुन र सर्बियाले ३–३ को बराबरी खेलेका थिए । 

समूहको अन्तिम खेलमा शनिबार ब्राजिलले क्यामरुन तथा स्विट्जरल्यान्डले सर्बियासँग प्रतिस्पर्धा गर्नेछन् । ब्राजिल नकआउट चरण पुगिसकेको अवस्थामा बाँकी तीनवटै टोलीको अन्तिम १६ पुग्ने सम्भावना भने जीवित छ ।
 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय