• Home
  • राजनीति
  • निर्वाचनको पछिल्लो परिणामः समानुपातिकमा एमाले प्रत्यक्षमा काँग्रेस अगाडि
Image

निर्वाचनको पछिल्लो परिणामः समानुपातिकमा एमाले प्रत्यक्षमा काँग्रेस अगाडि



काठमाडौं,११ मंसिर । निर्वाचनको पछिल्लो परिणाम अनुसार नेकपा एमाले समानुपातिक मत गणनाको क्रममा झण्डै १ लाखभन्दा धेरै मतले अघि लागेको छ भने प्रत्यक्षतर्फ नेपाली काँग्रेस अघि छ । निर्वाचन आयोगका अनुसार नेकपा एमालेले प्रतिनिधिसभाको समानुपातिक तर्फको मतगणनाको क्रममा २१ लख ७५ हजार ल्याएको छ भने नेपाली काँग्रेसले २० लाख ९० हजार मत पाएको छ ।

नेकपा माओवादी केन्द्र ९ लाख २१ हजार, राष्ट्रिय स्वतन्त्र पार्टी ९ लाख ८६ हजार मत पाएका छन् । राप्रपाले ४ लाख ६८ हजार मत कटाएर राष्ट्रिय पार्टी बन्ने पक्का गरेको छ । अन्य दलहरुले अहिलेसम्म राष्ट्रिय पार्टीको मापदण्ड पार गरेका छैनन । राष्ट्रिय पार्टी बन्न ३ लाख मत कटाउनु पर्छ भने प्रत्यक्ष तर्फ कम्तिमा एउटा सिट विजय हुनु पर्छ ।

प्रत्यक्षतर्फ नेपाली काँग्रेसले अहिलेसम्म ५२ सिट जित्दै पहिलो बनेको छ । काँग्रेस ४ सिटमा अग्रता कायम गरेको छ भने नेकपा एमालेले ४१ सिट जितेर दोश्रो स्थान सुरक्षित गरेको छ । एमाले अहिलेसम्म २ ठाँउमा अग्रता लिएको छ ।नेकपा माओवादी केन्द्रले १७ सिट जितेर तेश्रो स्थान पक्का गरेको छ । एककृत समाजवादीले १० सिट जितेको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीले ७ सिट , राप्रपाले ७ सिट, जसपा ६, लोसपा ४ नाउपा ३ र अन्य स्वतन्त्र र पार्टीहरुले ८ सिटमा विजय प्राप्त गरेका छन् ।

Related Posts

जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग

काठमाडौं । जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग सम्बोधन नभए चरणबद्ध रूपमा आन्दोलनका…

ByByanjana soni ७ दिन अगाडि

एकै दिन सुन तोलामा आठ हजार तीन सयले घट्यो

काठमाडौं, १५ कात्तिक । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदी दुवैको मूल्यमा उच्च गिरावट आएको छ।…

ByByanjana soni १ हप्ता अगाडि

बाबुरामलाई समेत महसुस हुन थाल्यो देश गम्भीर संकटमा फस्दैछ भन्ने

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देश गम्भीर संकटतर्फ अघि बढिरहेको बताएका छन्। आइतबार सामाजिक सञ्जालमार्फत उनले बढ्दो…

ByByanjana soni १ हप्ता अगाडि

रौतहटमा सडक दुर्घटना : प्रहरी जवानको ज्यान गयो, श्रीमती जीवन-मरणको दोसाँधमा

  रौतहट, १३ कात्तिक। रौतहटमा ट्याक्टर र मोटरसाइकलबीच भएको भीषण सडक दुर्घटनाले एक प्रहरी परिवारमा बज्रपात भएको छ।…

ByByanjana soni २ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *