Trending

अर्घाखाँचीमा एमाले पहिलो दल, राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो

825Views
0 Shares

काठमाडौं । अर्घाखाँचीमा नेकपा एमाले पहिलो दल भएको छ । एक प्रतिनिधिसभा क्षेत्र र दुई प्रदेशसभा क्षेत्र रहेको अर्घाखाँची जिल्लामा एमालेले तीन पद आफ्नो पक्षमा पार्दै समानुपातिक मतका आधारमा समेत पहिलो दल बन्न सफल भएको हो ।

समानुपातिक तर्फ ३७ हजार ४ सय ५० मत प्राप्त गरेको अर्घाखाँचीमा प्रतिनिधिसभा सदस्यमा एमालेका केन्द्रीय सचिव टोपबहादुर रायमाझी निर्वाचित हुँदा प्रदेशसभामा एमालेकै चेतनारायण आचार्य र रामजीप्रसाद घिमिरे निर्वाचित भएका छन् ।

एमालेलाई पछ्याएको नेपाली कांग्रेस २६ हजार ८ सय ६५ मतसहित दोस्रो ठूलो दल बन्दा नयाँ शक्तिका रुपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी ८ हजार ९ सय ५१ मतसहित तेस्रो भएको छ । त्यस्तै ७ हजार ३ सय ४२ महसहित माओवादी केन्द्र चौथो र ५ हजार ३ सय २७ मतसहित राष्टिय जनमोर्चा पाँचौँ ठूलो दल भएको छ ।

नेकपा एमालेबाट विभाजित भई बनेको नेकपा एकीकृत समाजवादीले भने लज्जाजनक मत प्राप्त गरेको छ । एकीकृत समाजवादीले १ हजार ६७ मत प्राप्त गर्दा राष्टिय प्रजातन्त्र पार्टीले ९ सय १२ मत प्राप्त गरेको छ ।
 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय