• Home
  • राजनीति
  • देशभरका मतदातामा देखिएन उत्साह, कम मत खस्ने अनुमान
Image

देशभरका मतदातामा देखिएन उत्साह, कम मत खस्ने अनुमान

काठमाडौं, ४ मंसिर। छिटपुट अवरोधका बीच देशभर प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको मतदान जारी छ । आइतबार बिहानदेखि मतदान सुरु भएको हो । निर्वाचन आयोगले अपराह्न ५ बजेसम्म मतदानको समय तोकेको छ । त्यसबीचमा मतदान गर्न लाइनमा बसेका मतादाताले मत खसाल्न पाउने भएका छन् ।

यसपटक मतदान केन्द्रमा मतदाताको उत्साहजनक उपस्थिति देखिएको छैन । काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, गोरखा, झापा, मोरङ, सुनसरी, सप्तरी, सर्लाही, पर्सालगायतका जिल्लाबाट न्युज कारखानाका संवाददाताका अनुसार मतदान केन्द्रमा बिहानैदेखि पातलो लाइन छ । बिहानको सवा १० बजे भइसक्दा पनि मतदाताको भीड देखिएको छैन ।

निर्वाचन आयोगले देशभर ७५ प्रतिशत मत खस्ने अनुमान गरेको छ । तर, मतदान केन्द्रमा मतदाताको न्यून उपस्थितिले मत खस्ने प्रक्षेपण गलत सावित हुने देखिएको छ । 

जारी निर्वाचनमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा चुनौती बनेको छ । उसले घोषित रूपमै निर्वाचन बिथोल्ने भनेकाले ठाउँठाउँमा अवरोधको प्रयास गरेकाले पनि धेरै मत नखस्ने अनुमान गरिएको छ ।

केही जिल्लामा भने गठबन्धन र विपक्षी कार्यकर्ताका कारण मतदान प्रभावितबाहेक मतदान शान्तिपूर्ण रूपमा चलिरहेको निर्वाचन आयोगले जानकारी दिएको छ ।

Related Posts

आशिका तामाङको रिस अझै मरेन, आज पनि खनिइन चिरिबाबु प्रति

काठमाडौं, ७ भदौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद आशिका तामाङले ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनसँग पुनः आक्रोश ब्यक्त…

ByByanjana soni १ महिना अगाडि

Dashrath Grocery को नयाँ अफर: रु. ३ हजारको सामान खरिद गर्दा iPhone जित्ने मौका

  काठमाडौं । दैनिक उपभोग्य सामग्री सस्तो तथा सहज मूल्यमा उपलब्ध गराउँदै आएको Dasharath Grocery ले ग्राहकका लागि…

ByByanjana soni १ महिना अगाडि

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj २ महिना अगाडि

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj ३ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *