• Home
  • राजनीति
  • एमाले सचिव भट्टराईले ताप्लेजुङ र सुदूरपश्चिम इन्चार्ज भट्टले कैलालीमा गरे मतदान
Image

एमाले सचिव भट्टराईले ताप्लेजुङ र सुदूरपश्चिम इन्चार्ज भट्टले कैलालीमा गरे मतदान

काठमाडौं,४ मंसिर । नेकपा एमालेका सचिव योगेश भट्टराईले ताप्लेजुङबाट मतदान गरेका छन् । ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार समेत रहेका उनले मैवाखोला गाउँपालिका–३ साघुमा मतदान गरेका हुन् ।ताप्लेजुङबाट भट्टराईसँग माओवादी केन्द्रका खेलप्रसाद बुढाक्षेत्री ‘पराग’ मुख्य प्रतिस्पर्धी हुन् ।

त्यस्तैकैलाली क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा उम्मेदवार तथा एमालेका सचिव, सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टले मतदान गरेका छन् ।भट्टले कैलालीको गोदावरी नगरपालिकाको घण्टेश्वर मावि मतदानस्थलको मतदान केन्द्र ‘ख’बाट पहिलो मत खसालेका हुन् ।कैलाली ४ मा एमालेबाट भट्ट र कांग्रेसबाट वीरबहादुर बलायर मुख्य प्रतिस्पर्धी छन् ।
 

Related Posts

जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग

काठमाडौं । जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग सम्बोधन नभए चरणबद्ध रूपमा आन्दोलनका…

ByByanjana soni ७ दिन अगाडि

एकै दिन सुन तोलामा आठ हजार तीन सयले घट्यो

काठमाडौं, १५ कात्तिक । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदी दुवैको मूल्यमा उच्च गिरावट आएको छ।…

ByByanjana soni १ हप्ता अगाडि

बाबुरामलाई समेत महसुस हुन थाल्यो देश गम्भीर संकटमा फस्दैछ भन्ने

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देश गम्भीर संकटतर्फ अघि बढिरहेको बताएका छन्। आइतबार सामाजिक सञ्जालमार्फत उनले बढ्दो…

ByByanjana soni १ हप्ता अगाडि

रौतहटमा सडक दुर्घटना : प्रहरी जवानको ज्यान गयो, श्रीमती जीवन-मरणको दोसाँधमा

  रौतहट, १३ कात्तिक। रौतहटमा ट्याक्टर र मोटरसाइकलबीच भएको भीषण सडक दुर्घटनाले एक प्रहरी परिवारमा बज्रपात भएको छ।…

ByByanjana soni २ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *