• Home
  • अर्थ
  • राष्ट्रिय औधोगिक ब्यापार मेला मंसिर १६ देखि
Image

राष्ट्रिय औधोगिक ब्यापार मेला मंसिर १६ देखि

काठमाडौं, ३ मंसिर । पोखरा उद्योग वाणिज्य संघले आयोजना गर्दै आएको राष्ट्रिय औद्योगिक व्यापार मेला यो वर्ष मंसिर १६ गतेदेखि हुने भएको छ । २० औं संस्करणको मेला मंसिर १६ देखि २५ गतेसम्म पोखराको प्रदर्शनी केन्द्रमा आयोजना हुने आयोजकले जनाएको छ । कोरोनाका कारण २ वर्षसम्म मेला हुन सकेको थिएन । 

मेलाका मुख्य संयोजक एवं आयोजक संघका अध्यक्ष पवनकुमार प्रजापतिले कोरोनाले रोकिएको मेलालाई यसपटक नयाँ र फरक तरिकाले आयोजना गर्न लागिएको बताए । उनका अनुसार मेलामा कृषि, हस्तकला, स्थानीय उत्पादनसँग सम्बन्धित वस्तुहरु प्रदर्शनी र बिक्रीका लागि राखिने छन् ।

बजारको माग अनुसारका प्रत्यक्ष तालिम र उद्यम, व्यवसाय र पोखरासम्बन्धी टक सो पनि समेटिने छन् । मेलामा डोमतर्फ ७८, अटोका ४५ र अन्य विभिन्न खालका १ सय २० वटा सहित करिब २ सय ५० स्टल रहने बरिष्ठ उपाध्यक्ष गोकर्ण कार्कीले जानकारी दिए । पुष्पमेला, अटोमेला, सूचना तथा प्रविधिको प्रदर्शनी, विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाको गतिविधिको प्रदर्शनीलगायत दैनिक उपभोग्य वस्तु घरायसी सरसामान, लत्ताकपडा, श्रृंगारका सामान बिक्री मेलाका आकर्षण छन् ।

मेलासमिति सभापति नरेन्द्रकुमार प्रधानको संयोजकत्वमा २ सय ५१ सदस्यीय मुल आयोजक र पोखरा उद्योग वाणिज्य संघा अध्यक्ष प्रजापतिको अध्यक्षतामा कार्यसम्पादन समिति गठन गरिएको छ । त्यसबाहेक २५ वटा उपसमिति पनि गठन गरिएको छ । 
 

Related Posts

एकै दिन सुन तोलामा आठ हजार तीन सयले घट्यो

काठमाडौं, १५ कात्तिक । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदी दुवैको मूल्यमा उच्च गिरावट आएको छ।…

ByByanjana soni १ हप्ता अगाडि

रौतहटमा सडक दुर्घटना : प्रहरी जवानको ज्यान गयो, श्रीमती जीवन-मरणको दोसाँधमा

  रौतहट, १३ कात्तिक। रौतहटमा ट्याक्टर र मोटरसाइकलबीच भएको भीषण सडक दुर्घटनाले एक प्रहरी परिवारमा बज्रपात भएको छ।…

ByByanjana soni २ हप्ता अगाडि

तोलामा ३२ सयले घट्यो सुनको मूल्य, चाँदीमा पनि भारी गिरावट

काठमाडौं, १३ कात्तिक । नेपाली बजारमा शुक्रबार सुनचाँदी दुवैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका शुक्रबार सुनको…

ByByanjana soni २ हप्ता अगाडि

टिकटकमा हतियार प्रदर्शन गर्दै ‘रौतहटको किङ’ बन्न खोज्ने युवक पक्राउ

रौतहट, ३० असोज । सामाजिक सञ्जाल टिकटकमा धारिलो हतियार प्रदर्शन गर्दै आफूलाई ‘किङ अफ रौतहट’ का रूपमा प्रस्तुत…

ByByanjana soni ४ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *