• Home
  • राजनीति
  • कास्कीमा मतगणनाको तयारीः बन्द कोठाभित्र तारजाली र सिसी क्यामेरा जडान
Image

कास्कीमा मतगणनाको तयारीः बन्द कोठाभित्र तारजाली र सिसी क्यामेरा जडान

काठमाडौं, ३ मंसिर । कास्कीमा मतदान अघि नै मतगणना स्थल तयारी अवस्थामा राखिएको छ । आइतबार हुने मतदानपछि ६ घण्टामा जिल्लाका सबै मतपेटिका संकलन भैसक्ने मुख्य निर्वाचन अधिकृत प्रकाश खरेलले जानकारी दिए । उनका अनुसार अहिले सबै क्षेत्रको मतगणना स्थल तयारी अवस्थामा छ । 

कास्कीका १ सय ५० मतदानस्थलका ३ सय ४४ मतदान केन्द्रमा कर्मचारीहरु आवश्यक सामग्री सहित तयारी हालतमा छन् । जिल्लाको मतदाना सम्पन्न गर्न २ हजार ७ सय ५२ कर्मचारी खटाइएको छ । शुक्रबार नै सबै मतदान केन्द्रमा मतपत्र, मतपेटिका लगायत सबै सामग्री पु-याइएको छ ।

 मतदानपछि कास्कीको मतगणना ३ ठाउँबाट हुने छ । क्षेत्र नम्बर १ को माटेपानीस्थित भेटेरीनरी अस्पताल तथा पशु विज्ञ केन्द्र, क्षेत्र २ को पोखरा सभागृह हल र क्षेत्र ३ को जिल्ला समन्वय समिति (जिसस) हलमा मतगणना हुँदैछ ।निर्वाचन आयोगले मतगणना स्थलमा तारजाली नलगाउने बताए पनि कास्कीको सबै क्षेत्रमा तारजाली लगाएर मतगणना गरिने सूचना अधिकारी पौडेलले जानकारी दिए । 

कास्कीमा ९ सांसदका लागि प्रतिनिधिसभातर्फ ४६ र प्रदेशतर्फ ४५ गरी ९१ उम्मेदवार प्रतिस्पर्धामा छन् । जिल्लामा २ लाख ९१ हजार ५ सय ६८ मतदाता छन् । अघिल्ला निर्वाचनहरुमा ७० प्रतिशत हाराहारीमा मत खसेको थियो । अहिलेको मतगणना समानुपातिक सहित ७ दिनभित्र सकिने मुख्य निर्वाचन अधिकृत खरेलले जानकारी दिए । 

Related Posts

जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग

काठमाडौं । जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग सम्बोधन नभए चरणबद्ध रूपमा आन्दोलनका…

ByByanjana soni ७ दिन अगाडि

एकै दिन सुन तोलामा आठ हजार तीन सयले घट्यो

काठमाडौं, १५ कात्तिक । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदी दुवैको मूल्यमा उच्च गिरावट आएको छ।…

ByByanjana soni १ हप्ता अगाडि

बाबुरामलाई समेत महसुस हुन थाल्यो देश गम्भीर संकटमा फस्दैछ भन्ने

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देश गम्भीर संकटतर्फ अघि बढिरहेको बताएका छन्। आइतबार सामाजिक सञ्जालमार्फत उनले बढ्दो…

ByByanjana soni १ हप्ता अगाडि

रौतहटमा सडक दुर्घटना : प्रहरी जवानको ज्यान गयो, श्रीमती जीवन-मरणको दोसाँधमा

  रौतहट, १३ कात्तिक। रौतहटमा ट्याक्टर र मोटरसाइकलबीच भएको भीषण सडक दुर्घटनाले एक प्रहरी परिवारमा बज्रपात भएको छ।…

ByByanjana soni २ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *