काठमाडौं, १ मंसिर। जलवायु र मौसम परिवर्तन सम्बन्धी जोन्टा कल्ब अफ काठमाडौँ र ग्लोबल सेपर्स कम्युनिटी काठमाडौले संयुक्त रुपमा एक दिने सचेतना कार्यक्रमको आयोजना गरेको थियो । मंगलबार दरबार हाइस्कुलमा आयोजना गरिएको उक्त कार्यक्रममा कक्षा ६ देखि ८ सम्मका ५० भन्दा बढी बिद्यार्थीहरुले सहभागीता जनाएका थिए । उक्त कार्यक्रममा जलवायु परिवर्तन र त्यसका असरका बारेमा सुक्ष्म रुपले विचार ( विमर्श) का साथै सो बिषयमा निबन्ध र चित्रकला प्रतियोगिता पनि आयोजना गरिएको थियो ।
हरित पृथ्वीको परिकल्पना गर्दा बाल–बालिका अपरिहार्य हुनेहुनाले कलिला मस्तिस्कमा जलवायु परिवर्तन र यसका असरका बारेमा चेतना जगाउन महत्वपुर्ण हुने जोन्टा कल्ब अफ काठमाडौँकी अध्यक्ष आभा शाहले बताउनु भएको थियो । नयाँ पिढीलाई सकारात्मक परिवर्तनको सम्बाहक रुपमा मान्यता दिदै जलवायु परिवर्तन र यसको रोकथाममा जोन्टा कल्ब अफ काठमाडौँ कट्टिबद्ध रहेको शाहको भनाई थियो । उक्त कार्यक्रममा सहभागी बिद्यार्थीहरुलाई उत्कृष्टता प्रदशनी गरेबापत पुरुस्कार समेत वितरण गरिएको थियो।














