निर्वाचनको समयमा सुकुमबासीलाई हटाउनु आचारसंहिता विपरीत हो –प्रकाशमान सिंह

865Views
0 Shares


काठमाडौं, १ मंसिर। काठमाडौंका भूमिहीन, सुकुमबासी र अव्यवस्थित बसोबासलाई निर्वाचनको समयमा हटाउन खोजिएको भन्दै नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आपत्ती जनाएका छन् । यो काम निर्वाचन आचारसंहिता विपरीत हुने उनको जिकिर छ । अव्यवस्थित बसोबास, जोखिमपूर्ण बसोबास, सुकुमबासी र भूमिहीनको उचित समाधान निकाल्नका लागि सरकारले नीति बनाएर व्यवस्थित गर्नुपर्ने उनले बताए । नेता सिंह काठमाडौं क्षेत्र नम्बर १ उम्मेदवार हुन ।

आज बिहान काठमाडौं महानगरपालिका वडा नम्बर ३१ जागृती नगरको बस्तीमा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै काठमाडौं क्षेत्र नम्बर १ उम्मेदवारसमेत रहेका सिंहले भूमि आयोगको प्रतिवेदनका सुझाव नआएसम्म प्रतिक्षा गर्नुपर्ने बताएका छन् ।नेता सिंहले बागमती नदी किनारका बस्ती हटाउन सूचना जारी गरिएकोमा आपत्ती जनाउँदै वागमती सभ्यता सर्वाधिकार सम्पन्न समितिले राष्ट्रिय भूमि आयोगको प्रतिवेदनमा जुन सुझावहरु दिइएको हुने र ती सुझावहरुलाई कार्यान्वयन गर्ने समयसम्म त्यसको प्रतिक्षामा बस्नुपर्ने बताएका छन् । आफूले अरु दलका नेताहरुले जस्तो झुठो आश्वासन नदिने बताउँदै उनले भूमि आयोगको प्रतिवेदनका सुझावमा सरोकारवालासँग पनि छलफल गर्ने र समस्याको समाधान निकाल्ने कुरा विश्वस्त रहन आग्रह गरे।यसअघि वाग्मती सभ्यता एकीकृत विकास समितिले बागमती करिडोर आसपासका सुकुमबासी बस्ती मंसिर ४ गतेभित्र हटाउन सूचना जारी गरेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय