• Home
  • राजनीति
  • विकासका लागि जनताले जनप्रतिनिधिसँग हात जोड्नुपर्दैन– उदयशमशेर राणा
Image

विकासका लागि जनताले जनप्रतिनिधिसँग हात जोड्नुपर्दैन– उदयशमशेर राणा

ललितपुर, २९ कात्तिक । नेपाली कांग्रेसका केन्द्रीय सदस्य उदयशमशेर राणाले विकासका लागि जनताले जनप्रतिनिधिसँग हात जोड्नुनपर्ने बताएका छन् । गोदावरी नगरपालिका–५ लेलेमा मंगलबार बिहान भएको घरदैलो कार्यक्रममा ललितपुर–१ बाट प्रतिनिधिसभा उम्मेदवारसमेत रहेका राणाले आफ्नो क्षेत्रको विकासका लागि निर्धक्क भएर जनप्रतिनिधिसँग कुरा गर्न आग्रह गरे । 

उनले भने, ‘यहाँ बाटो चाहियो, यहाँ खानेपानी चाहियो भनेर जनप्रतिनिधिसँग तपाईहरुले हात जोड्नुपर्दैन । निर्धक्क भएर हात मिलाएर हामीसँग आफ्ना मागहरु राख्नुहोला ।’ 

उनले लोकतान्त्रिक गठबन्धनबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधि, प्रदेश सभा र प्रतिनिधिसभाका जनप्रतिनिधि ललितपुर १ को विकासका लागि प्रतिबद्ध रहेको बताए ।

‘अब बाटो बनाउन दशजनासँग बिन्ती गर्नुपर्दैन । हात मिलाएर यो बाटो पिच गरिदिनुस् भनेर बिन्ती गर्नुपर्दैन । यहाँका स्थानीय तहका जनप्रतिनिधि र हामीहरु मिलेर विकासको काम गर्छौं,’ वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार राणाले भने, ‘एमालेका उम्मेदवारहरुले हामीलाई गाली गर्नेबाहेक अरु केही काम गरेका छैनन् । सांसदको काम सेलिब्रेटी बन्ने होइन । खेतगरामा गएर धान काटेजस्तो गरेर फोटो खिचेर प्रचार गर्ने होइन, फोटो खिच्नकै लागि स्कुलमा रंग लगाएजस्तो गर्ने पनि होइन ।’ 

उनले लोकतान्त्रिक गठबन्धनका सबै उम्मेदवारलाई मत दिन आग्रह गरे । ‘जनप्रतिनिधि भनेको जनताको दुःखसुखमा साथ दिने हो । यो काम कसले गरेको छ ? त्यो तपाईले मूल्यांकन गर्नुहोला । हामीहरु सबै मिलेर यो क्षेत्रको विकास गर्छौं । गठबन्धनका सबै साथीहरुलाई जिताएर पठाउनुस्,’ उनले भने । ललितपुर १ मा कांग्रेस नेता राणा र एमाले उम्मेदवार नवराज सिलवालबीच प्रतिस्पर्धा हुँदैछ ।

Related Posts

जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग

काठमाडौं । जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग सम्बोधन नभए चरणबद्ध रूपमा आन्दोलनका…

ByByanjana soni ७ दिन अगाडि

एकै दिन सुन तोलामा आठ हजार तीन सयले घट्यो

काठमाडौं, १५ कात्तिक । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदी दुवैको मूल्यमा उच्च गिरावट आएको छ।…

ByByanjana soni १ हप्ता अगाडि

बाबुरामलाई समेत महसुस हुन थाल्यो देश गम्भीर संकटमा फस्दैछ भन्ने

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देश गम्भीर संकटतर्फ अघि बढिरहेको बताएका छन्। आइतबार सामाजिक सञ्जालमार्फत उनले बढ्दो…

ByByanjana soni १ हप्ता अगाडि

रौतहटमा सडक दुर्घटना : प्रहरी जवानको ज्यान गयो, श्रीमती जीवन-मरणको दोसाँधमा

  रौतहट, १३ कात्तिक। रौतहटमा ट्याक्टर र मोटरसाइकलबीच भएको भीषण सडक दुर्घटनाले एक प्रहरी परिवारमा बज्रपात भएको छ।…

ByByanjana soni २ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *