Trending

निर्वाचनको प्रचारप्रसारमा राष्ट्रिय कलाकारहरु खटिए

895Views
0 Shares


काठमाडौं, २८ कात्तिक । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको प्रचारप्रसारमा राष्ट्रिय कलाकारहरु खटिएका छन् । सत्तारुढ गठबन्धन उम्मेदवारलाई मत माग्दै नेपाल सांस्कृतिक संघको टोली देशव्यापी रुपमा चुनावी प्रचारमा छ । टोलीमा नेपाल सांस्कृतिक संघ सभापति तीर्थ थापा, महामन्त्री शिव शंकर रिजाल ‘जोगिन्दर’, सह–महामन्त्री चेतबहादुर सिंह ‘राजा’ , चर्चित कलाकार कविता गेलाल, गायक मदन थापा, गायिका जालुमाया गुरुङ र भेषराज पौडेल रहेका छन् । 

चुनावी सांस्कृतिक अभियानअन्तर्गत नवलपरासीबाट प्रचारप्रसारको अभियान सुरु गरेको यस टोलीले नेपालका पश्चिम भेगका थुप्रै जिल्लामा सहभागी भई अहिले  पूर्वतर्फ लागेको छ । 

पूर्वको झापामा पुगेर कार्यक्रम समापन गरिने नेपाल सांस्कृतिक संघ सभापति तीर्थ थापाले बताए । चुनावी प्रचारकै क्रममा टोलीले चितवनमा पनि आफ्नो प्रस्तुति देखाएको थियो । गठबन्धनले चितवनमा आयोजना गरेको आमसभाको क्रममा कलाकारहरुले विशेष प्रस्तुति गरेका थिए ।

गठबन्धनको आवश्यकताका विषयमा गीत, नृत्य, प्रशासन, कला र प्रस्तुतिबाट आमनागरिकलाई जानकारी गराउन सक्ने भएकाले यो अभियानलाई निरन्तरता दिइएको महामन्त्री शिवशंकर रिजाल ‘जोगिन्दरले बताए । 

संविधानको रक्षा र देशको विकासका लागि अहिले गठबन्धनको अति आवश्यक रहेको बताउदै उनले हरेक क्षेत्रको विकासका लागि अहिले गठबन्धन विना सम्भव नभएकोले गठबन्धनका उम्मेदवारलाई विजय गराउन देशव्यापी अभियानमा लागेको बताए ।
 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय