Trending

कैदीबन्दीका लागि कारागारमा छुट्टै मतदान केन्द्र

895Views
0 Shares

काठमाडौं, २८ कात्तिक । अघिल्लो निर्वाचनमा मतदानबाट वञ्चित कैदीबन्दीले यसपटक प्रतिनिधि सभातर्फ राजनीतिक दललाई मतदान गर्न पाउने भएका छन् । मतदान गर्न कैदीबन्दीका लागि जिल्ला कारागार कार्यालय, लमजुङमा अस्थायी मतदान केन्द्र रहने भएको छ । 

यस्तै निर्वाचनमा नखटिने कर्मचारी, सदरमुकाम केन्द्रित कर्मचारीले जिल्ला समन्वय समितिको अस्थायी मतदान केन्द्रमा मतदान गर्न सकिने जिल्ला निर्वाचन अधिकारी नारायणप्रसाद सापकोटाले बताए ।

उनका अनुसार फोटोसहितका मतदाता नामावलीमा नाम सङ्कलन भएका १६ जना कैदीबन्दी यसपटकको निर्वाचनमा भाग लिनेछन् । कर्मचारी, सुरक्षाकर्मीलगायत ६४० जनाको नामावली आएको र यो बढ्न सक्ने निर्वाचन कार्यालयले जनाएको छ ।

कर्मचारी, सुरक्षाकर्मी, संस्थानका कर्मचारीले निर्वाचनमा भाग लिन मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिनुपर्ने हुन्छ । सूचीकृत भएका कर्मचारी, सुरक्षाकर्मीलगायतले आफू खटिएकै ठाउँको मतदान केन्द्रबाट सङ्घीय संसद्का लागि समानुपातिक निर्वाचन प्रणालीमा मतदान गर्न पाउने मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालले बताए । 

मङ्सिर ४ मा हुन गइरहेको प्रतिनिधिसभा समानुपातिकतर्फ अस्थायी मतदाताले मतदान गर्न पाउने व्यवस्था यसपटक गरिएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय