Trending

मतदाता सूचीमा नाम हुने कैदीबन्दीले निर्वाचनमा भोट हाल्न पाउने

885Views
0 Shares

 

काठमाडौं, २८ कात्तिक ।  नेपालका विभिन्न जिल्लामा रहेका कारगारमा कुल २७ हजार १९५ जना कैदीबन्दीहरु रहेका छन् । तीमध्ये नेपाली कैदीबन्दीको संख्या २५  हजार ९०६ रहेको कारागारा व्यवस्थापन विभागले जनाएको छ । 

कारागारमा रहेका कुल कैदीबन्दीमध्ये २५ हजार ७०९ जना पुरुष र १ हजार ४८७ जना महिला रहेका छन् । विभागका अनुसार नेपालमा हाल कैदीको मात्र संख्या १४ हजार ६७८ रहेको छ । कैदीमध्ये १३ हजार ९३० पुरुष छन् भने ७४८ जना महिला रहेका छन् । 

यस्तै नेपालमा हाल कुल थुनुवा (बन्दी)को संख्या १२ हजार ५१७ रहेको छ । थुनुवामध्ये पुरुषको संख्या ११ हजार ७७९ र महिलाको संख्या ७३८ रहेको छ । 

कारागारमा रहेका नेपाली कैदीबन्दी आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा सहभागी हुन पाउने छन् । उनीहरुलाई मतदानको व्यवस्था मिलाईएको निर्वाचन आयोगले जनाएको छ । 

निर्वाचन आयोगका अनुसार कारागारमा रहेका कैदीबन्दीले समानुपातिक तर्फ मात्र मतदान गर्न पाउनेछन् । कैदीबन्दीलाई आयोगले अस्थायी मतदाताको सूचीमा राखेको छ । आयोगले यस्ता अस्थायी मतदातको लागि अस्थायी मतदान केन्द्रको व्यवस्था समेत गरिसकेको छ । 

अस्थायी मतदाताको लागि आयोगले ७७ जिल्लामा १४१ वटा अस्थायी मतदान केन्द्र स्वीकृत गरिसकेको छ । २०७२ सालमा जारी भएको नेपालको संविधानपछि अस्थायी मतदाताले मतदान गर्ने व्यवस्था पहिलो पटक कार्यान्वयनमा ल्याइएको हो । 

अस्थायी मतदाता हुनको लागि अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको हुनुपर्ने कानूनी व्यवस्था भएकोले आयोगले सोही बमोजिमको व्यवस्था मिलाई मतदानको सुनिश्चितता गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय