• Home
  • राजनीति
  • मलाई राजनीति होइन जनताको सेवा गर्न आउँछ –ताराबहादुर कुँवर क्षेत्री
Image

मलाई राजनीति होइन जनताको सेवा गर्न आउँछ –ताराबहादुर कुँवर क्षेत्री

काठमाडौं, २७ कात्तिक । काभ्रे क्षेत्र नं २ (क) बाट प्रदेशसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका ताराबहादुर कुँवर क्षेत्रीले आफूलाई राजनीति होइन जनताको सेवा गर्न आउने बताएका छन् । 

लौरो अभियानबाट स्वतन्त्र उम्मेदवार बनेर जनताको सेवा गर्न आफू प्रतिस्पर्धामा उत्रिएको बताएका उनले राजनीतिक दलका व्यवहारबाट जनता मारमा परेको आरोप लगाए । 

जनताका शिक्षा, स्वास्थ्यसहित आधारभूत आवश्यकता पूरा गराउन र आफ्नो क्षेत्रको विकास र समृद्धिका लागि आफू प्रदेशसभामा जान उम्मेदवारी दिएको उनको भनाइ छ । 

बागमती सफाइ अभियानदेखि अन्य सामाजिक क्षेत्रमा आफू क्रियाशील भए पनि राजनीतिको क्षेत्रबाट जनतामा गर्नुपर्ने सेवा र उपलब्ब्ध गराउनुपर्ने सुविधाका लागि आफू उम्मेदवार बनेका बताएका उनले यसका लागि आवश्यक कानुन निर्माण गर्न प्रदेशसभामा जान चाहेकाले मत दिन आमजनतासँग माग गरे । 

राजनीतिक दलका नेताले राजनीतिलाई व्यवसाय बनाउँदा जनता महंगीसहितको मारमा परेको भन्दै उनले जनताको सेवाका लागि आफू राजनीतिमा आएको बताए । ‘मलाई राजनीतिक गर्न आउँदैन, तर जनताको सेवा गर्न र सुविधा उपलब्ध गराउन आउँछ,’ उनले भने, ‘यसका लागि आवश्यक कानुन बनाउन प्रदेशसभामा जान लागेको छु । यसमा जनताको साथ चाहिन्छ । मलाई मत दिनुहुन्छ भन्ने विश्वास लागेको छ ।’ देशभर एकैपटक आगामी ४ मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदका लागि निर्वाचन हुँदै छ । 
 

Related Posts

जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग

काठमाडौं । जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग सम्बोधन नभए चरणबद्ध रूपमा आन्दोलनका…

ByByanjana soni ७ दिन अगाडि

एकै दिन सुन तोलामा आठ हजार तीन सयले घट्यो

काठमाडौं, १५ कात्तिक । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदी दुवैको मूल्यमा उच्च गिरावट आएको छ।…

ByByanjana soni १ हप्ता अगाडि

बाबुरामलाई समेत महसुस हुन थाल्यो देश गम्भीर संकटमा फस्दैछ भन्ने

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देश गम्भीर संकटतर्फ अघि बढिरहेको बताएका छन्। आइतबार सामाजिक सञ्जालमार्फत उनले बढ्दो…

ByByanjana soni १ हप्ता अगाडि

रौतहटमा सडक दुर्घटना : प्रहरी जवानको ज्यान गयो, श्रीमती जीवन-मरणको दोसाँधमा

  रौतहट, १३ कात्तिक। रौतहटमा ट्याक्टर र मोटरसाइकलबीच भएको भीषण सडक दुर्घटनाले एक प्रहरी परिवारमा बज्रपात भएको छ।…

ByByanjana soni २ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *