Trending

बर्दिबास मेडिकल कलेज आगामी वर्षवाट निर्माण प्रक्रिया अगाडि बढाउने– गिरिराजमणी पोखरेल

875Views
0 Shares

काठमाडौं, २४ कात्तिक । महोत्तरी क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य पदका सत्ता गठबन्धनका साझा उम्मेदवार गिरिराजमणी पोखरेलले मधेश प्रदेशकै गौरवको योजना रहेको बर्दिबास मेडिकल कलेजको पूर्वाधार निर्माण प्रक्रिया आगामी वर्षबाट गरिने बताएका छन् ।

लामो समयदेखि विवादित बन्दै आएको मेडिकल कलेजलाइ आगामी वर्षबाट निर्माण प्रक्रिया अगाडि बढाइने पोखरेलले प्रतिबद्धतापत्रमा नै समावेश गरेका हुन् । डीपीआरदेखि पूर्वाधार निर्माण प्रक्रिया अन्तिम चरणमा रहेकै बेला पर्यावरणविदहरुले सर्वोच्च हालेको रिटमाथी अहिले अन्तरिम आदेश जारी भएको छ ।

मंगलबार  आफ्नो प्रतिबद्धतापत्र सार्वजनिक गर्दै  कानुनी व्यवधानलाई समाधान गरि छिटोभन्दा छिटो मेडिकल कलेजको काम अगाडि बढाइने विषयलाई पोखरेलले उच्च प्राथमिकतामा राखेकाे बताएका छन् ।

पोखरेल स्वास्थ्यमन्त्री हुँदा २०७३  मा नै एक प्रदेश एक मेडिकल भन्ने अवधारणा अन्तर्गत बर्दिबासमा बनाइने प्रस्ताव गरेका थिए । सोही विषयलाई सदनबाट पास गराएर बजेट वक्तब्यमा नै बर्दिबास मेडिकल कलेज निर्माण गरिने योजना समावेश गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय