• Home
  • ताजा समाचार
  • द ब्रिटिस कलेज (टीबीसी) को सातौं दीक्षान्त समारोह सम्पन्न भएको छ ।
Image

द ब्रिटिस कलेज (टीबीसी) को सातौं दीक्षान्त समारोह सम्पन्न भएको छ ।

काठमाडौँ ।

हायात रिजेन्सी होटलमा आयोजित कार्यक्रममा ब्रिटिस एजुकेशन ग्रुप अन्तर्गतको टीबीसीमा लिड्स बेकेट युनिभर्सिटी (एलबीयू) तथा द युनिभर्सिटी अफ वेष्ट इंग्ल्याण्ड (यूडब्लुई)को सम्बन्धनमा अध्यायनरत ४१९ जना विद्यार्थीहरु दीक्षित भएको कलेजले जनाएको छ । दीक्षित हुनेमा स्नातक तह र स्नातोकोत्तर तहका विद्यार्थीहरु हुन् ।

दीक्षान्त समरोहलाई कलेजका सल्लाहकारहरु जोन एडवर्ड होलिस्टर मोन्टागु, माइकल रुटल्याण्ड, प्रोफेसर फर्गस लियोन लगायतले भर्चुअल्ली रुपमा सम्बोधन गरेका थिए । कलेजका सल्लाहकार डा. अर्जुन कार्की भने भोतिक रुपमै कार्यक्रममा सहभागी भएका थिए ।

कलेजका कार्यकारी निर्देशक तथा संस्थापक राजन कँडेलले कोरोनाको महामारीको समयमा पनि विद्यार्थीहरुले उत्कृष्ट नतिजा हाँसिल गरेको भन्दै सबैलाई बधाइ दिएका थिए ।

त्यस्तै युनिभर्सिटी अफ वेस्ट अफ इंग्ल्याण्डका भाइस चान्सलर तथा अध्यक्ष स्टीभ वेस्ट– सीबीई, लिड्स बेकेट युनिभर्सिटीका प्रोफेसर तथा प्रो भाइस चान्सलर जिन किए, ब्रिटिस कलेजका एक्जिक्यूटिभ प्रिन्सिपल डा. मेरी बिशपले दीक्षित विद्यार्थीहरुलाई बधाइ दिएका थिए ।

Related Posts

माननीय उद्योगमन्त्री ई. दीपक कुमार साह र चिनियाँ राजदूतबीच शिष्टाचार भेटघाट

काठमाडौं, असोज २८। माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री ई. दीपक कुमार साह र नेपालका चीनका राजदूत महामहिम…

ByByanjana soni १ हप्ता अगाडि

१३६ किलो गाँजासहित ट्रक र चालक पक्राउ

चितवन, २८ असाेज । प्रहरीले १३६ किलो ५०० ग्राम गाँजासहित चितवनकाे भरतपुर महानगरपालिका-२९, जुगेडीबाट ट्रक र चालकलाई नियन्त्रणमा…

ByByanjana soni २ हप्ता अगाडि

सामाजिक सञ्जालमा आपत्तिजनक गतिविधि गरेको आरोपमा ‘झापाली’ भनिने मनीष पाण्डे पक्राउ

काँकडभिट्टा । सामाजिक सञ्जालमा विवादास्पद तथा आपत्तिजनक गतिविधि गरेको आरोपमा ‘झापाली’ नामले चिनिने मनीष पाण्डे पक्राउ परेका छन्।…

ByByanjana soni २ हप्ता अगाडि

‎शान्तिकुञ्जबाट तीन ज्योति कलश रथ रवाना, ५० भन्दा बढी जिल्लामा जनजागरण अभियान

रौतहट २५ असोज । गायत्री परिवारकी संस्थापिका माता भगवती देवी शर्माको जन्मशताब्दी समारोहलाई जनस्तरसम्म पुर्‍याउने उद्देश्यले भारतको हरिद्वारस्थित…

ByByanjana soni २ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *