Trending

सत्ता पक्ष नै आचारसंहिता उल्लंघनमा, रुपन्देहीमा आठजनालाई स्पष्टीकरण

870Views
0 Shares

 २४ कात्तिक

१२ असोजदेखि निर्वाचन आचारसंहिता २०७९ लागू छ । निर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहित बनाउन आचारसंहिता जारी गरे पनि रुपन्देहीमा सत्ता पक्ष पनि उल्लंघनमा अगाडि देखिएकाे छ । आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गर्ने कसैलाई छुट नहुने भनिरहँदा पनि सत्ताको आडमा केहीले संरक्षण पाएका छन् भने केही स्पष्टीकरणको भागीदार बनेका छन् ।

निर्वाचनलाई अस्वाभाविक भड्किलोपन प्रदर्शन नहोस् र खर्चको सीमामा उम्मेदवारले निर्वाचन सम्पन्न गराउन आयोग लागे पनि आचारसंहिताविपरीत गतिविधि गरेको आठजनालाई रुपन्देहीमा स्पष्टीकरण सोधिएको छ । निर्वाचन आचारसंहिता अनुगमन समितिले आगामी ४ मंसिरमा हुने प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनका लागि जारी निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्ने उजुरी र सूचनाको आधारमा सत्ता पक्ष ६ दलिय गठबन्धनका रुपन्देही ५ प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार नेपाली कांग्रेसका भरत शाह, सोही क्षेत्रबाट प्रदेश सभा (ख) का उम्मेदवार नेपाली कांग्रेसका फाकरुद्दीन खानलाई रंगीन पोस्टर टाँसेको, पाँचदलीय गठबन्धनको समर्थनमा उम्मेदवार बनेका रुपन्देही २ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार राष्ट्रिय जनमुक्ति पार्टीका केशवबहादुर थापा मगरले कलर भिजिटिङ कार्ड वितरण गरेकोमा समितिले स्ष्टीकरण सोधेको हो ।

रुपन्देही ५ का प्रतिनिधिसभा सदस्य उम्मेदवार हाम्रो नेपाल पार्टीका भीष्मकुमार राना र रुपन्देही ३ जनमत पार्टीबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार प्रमोदकुमार राउत , प्रदेशसभा (क) का सलाउद्दीन आलमलाई लिखित स्पष्टीकरण सोधिएको आचारसंहिता अनुगमन समिति रुपन्देहीका संयोजक विष्णुप्रसाद ज्ञवालीले जानकारी दिए ।

रोहिणी गाउँपलिकाले कुस्ती प्रतियोगिता गराई पुरस्कार वितरण गरेको भन्दै पालिका प्रमुख र प्रशासकीय अधिकृतलाई स्पष्टीकरण सोधिएकोमा जवाफ आइसकेको छ । चार वटा लिखित उजुरी र सूचनाको आधारमा एक स्थानीय जनप्रतिनिधि, एक प्रशासकीय अधिकृत र ६ उम्मेदवार सबैलाई बेग्लाबेग्लै पत्र समितिले पठाएको छ ।आचारसंहिता उल्लंघन भए कारबाही प्रक्रिया अघि बढाइने समितिले जानकारी दिएको छ ।

आचारसंहिता उल्लंघन गर्नेमा नेपाली कांग्रेस नै अगाडि रहेको छ । अरु उम्मेदवार पनि त्यसैलाई आधार बनाएर गरिरहेका छन् । सबैलाई दायरामा ल्याउन समिति लागे पनि सोचेअनुरूप कारबाही गर्न नसकिएको समितिका एक सदस्यले जानकारी दिए । ‘हामीले कसैलाई काखा कसैले पाखा गर्न मिल्दैन फोनमार्फत धेरै उजुरी आएको छ, प्रशासनबाट पनि अझै केही समय पर्खौ भन्ने कुरा आएको छ,’ उनले भने ।

व्यानर लगाएर डिजे बजाउने, बालिका नचाउने, कार्यपालिका पदभधिकारी र सदस्यहरू प्रचारमा हिँड्ने, चुनाव चिन्हसहित चकलेट बाँड्ने, पोस्टर तथा ठूल्ठूला व्यानर लगाउने, आक्षेपपूर्ण अभिव्यक्ति दिने, भोजभतेर, अनुमतिविना सवारीसाधन चलाउने, झण्डा राख्ने जस्ता गतिविधि अधिकांश सत्ता पक्षकै गठबन्धनबाट भइरहेको उजुरी परेकाे छ ।

आयोगले निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (१) मा ‘दफा २२ बमोजिम आयोगले बनाएको आचारसंहिता पालना भए नभएको सम्बन्धमा आयोगले आवश्यकतानुसार संयन्त्र निर्माण गरी जाँचबुझ तथा अनुगमन गर्न सक्ने’ तथा उपदफा (२) ‘उपदफा (१) बमोजिम जाँचबुझ वा अनुगमन गर्दा कसैबाट आचारसंहिताको उल्लंघन भएको देखिएमा त्यस्तो काम तुरुन्त रोक्न वा बदर गर्नका लागि आयोगले सम्बन्धित राजनीतिक दल, उम्मेदवार, व्यक्ति, संस्था, पदाधिकारी वा निकायलाई आदेश दिनेछ’ भन्ने व्यवस्था छ । उपदफा (३) मा दफाको उपदफा (२) बमोजिम आयोगले दिएको आदेशबमोजिम काम कारबाही नरोक्ने वा बदर नगर्ने राजनीतिक दल, उम्मेदवार, व्यक्ति, संस्था, पदाधिकारी वा निकायलाई एक लाखसम्म जरिवाना गर्न सक्ने व्यवस्था छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय