Trending

मोरङ ३ ‘क’ मा आज उम्मेदवारको मनोनयन दर्ता हुने

765Views
0 Shares

काठमाडौं, २४ कात्तिक । मोरङ ३ प्रदेशसभा ‘क’ मा आज बिहीबार उम्मेदवारको मनोनयन दर्ता हुने भएको छ ।नेपाली कांग्रेसका उम्मेदवार रहेका शेखरचन्द्र थापाको बुधबार निधन भएपछि यो क्षेत्रमा आज बिहीबार फेरि उम्मेदवारको मनोनयन दर्ता गरिन लागिएको हो । मनोनयन दर्ता कांग्रेसबाट मात्र हुनेछ । यसअघि मनोनयन दर्ता भएर चुनावी प्रचारमा रहेका उम्मेदवारहरुको उम्मेदवारी कायमै रहनेछ । 

निर्वाचन आयोगले सार्वजनिक गरेको कार्यतालिका अनुसार आज बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म मनोनयन दर्ता गर्न सकिनेछ ।उम्मेदवारको मनोनयन पत्र दर्ता भएको सूची पनि आज अपरान्ह ४ बजेभित्र प्रकाशित हुनेछ । उम्मेदवारको विरोधमा अपरान्ह ४ बजेपछि ५ बजेसम्म सूचना दिन सकिनेछ ।उम्मेदवारको नामावली शुक्रबार फिर्ता लिन पाइनेछ। उम्मेदवारको अन्तिम नामावली प्रकाशन शुक्रबार अपरान्ह ३ बजेसम्म हुनेछ। उम्मेदवारलाई कात्तिक २५ गते अपरान्ह चिन्ह दिइने आयोगले जनाएको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय