• Home
  • राजनीति
  •  पूर्वमन्त्रीहरू विश्वनाथ साह र लीलानाथ श्रेष्ठबीच  कडा प्रतिस्पर्धा
Image

 पूर्वमन्त्रीहरू विश्वनाथ साह र लीलानाथ श्रेष्ठबीच  कडा प्रतिस्पर्धा

काठमाडौं, २३ कात्तिक। आगामी मंसिर ४ गते हुन गइरहेको प्रदेश तथा प्रतिनिधीसभाको निर्वाचनमा सिरहा-३ मा सत्ता गठबन्धन र नेकपा एमाले, जसपा गठबन्धनबीच कडा प्रतिस्पधा हुने भएको छ। प्रतिनिधि सभामा वाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट नेकपा माओवादीका स्थायी समिति सदस्य विश्वनाथ साह र एमाले–जसपा गठबन्धनका तर्फबाट एमालेका पोलिटव्यूरो सदस्य लीलानाथ श्रेष्ठबीच कडा प्रतिस्पर्धा हुने देखिएको हो।
 
यस क्षेत्रको ४१ वडामा गत स्थानीय तह निर्वाचनमा एमाले–जसपाले प्राप्त गरेको मत परिणामको आधारमा अगाडि रहेकोले आफ्नो जित सुनिश्चित रहेको पूर्वमन्त्रीसमेत रहेका श्रेष्ठले बताउँदै आएको छ। 

यता पाँच दलीय वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवार साह  माओवादी केन्द्र,  का‌ंग्रस र एकीकृत समाजवादीको मतान्तर धेरै रहेको र जसपा गठबन्धनमा देखिएको असन्तुष्टिले आफ्नो जितलाई सुनिश्चित बनाएको बताउँछन्।

एमाले जसपा गठबन्धनले उत्तर दक्षिणको उम्मेदवार मिलाउन नसकेको र आफ्नै पार्टीभित्र असन्तुष्टि चुलिएकाले स्थानीय तहकोमतलाई आधार मान्न सकिने अवस्था नरहेको जानकारहरु बताउँछन्। एमाले–जसपा गठवन्धनले सिरहा ३ प्रदेश ‘ख’ उम्मेदवार सिरहा पालिकाभित्रको उम्मेदवार दिन नसकेकोले पनि पार्टीभित्र असन्तुष्टि छ। यो गठबन्धनमा प्रतिनिधि र प्रदेशसभा दुवै उम्मेदवार सिरहा ३ प्रदेश ‘ख’ भन्दा बाहिरका रहेका छन्। 
 
सिरहाको निर्वाचन क्षेत्र नम्बर ३ मा गोलबजार नगरपालिकाको १२ वडा, नरहा गाउँपालिकाको १ र २ वडा, विष्णुपुर गाउँपालिकाको १ र ५, अर्नमा गाउँपालिकाको १, २ र ३ बटा र सिराहा नगरपालिकाका २२ वटै वडा गरी ४१ वडा पर्दछ। 

गत स्थानीय तहलाई आधारमान्दा सत्ता गठबन्धनका वडा अध्यक्षहरूले जम्मा ३४ हजार ५४ मत प्राप्त गरेका थिए। जसमध्येय नेकपा माओवादी केन्द्रले ९ हजार ५७१,  कांग्रेसले १८ हजार १६,  एकीकृत समाजवादीले ६ हजार २१० र तमलोपाले २५७  प्राप्त गरेको थियो। 

एमाले–जसपा गठबन्धनको पक्षमा ३४ हजार ८३० मत खेको थियो। जसमध्येय नेकपा एमालेले २० हजार १३७ र जसपाको १४ हजार ६९३ मत प्राप्त गरेको थियो।

दुवै गठवन्धनको स्थानीयमा पाएको मतान्तर धेरै फाराकिलो देखिन्न। वाम लोकतान्त्रिक गठबन्धनभन्दा एमाले जसपा गठबन्धन ७७६ मतले अगाडि देखिन्छ।

स्थानीय तहको मतको आधारमा श्रेष्ठ बलियो देखे पनि पार्टीभित्रको असन्तुष्टि, बागी उम्मेद्वारी, यहि क्षेत्रबाट २०७४ को निर्वाचनमा निर्वाचित भएकाले ‘एन्टी’ मत अर्को उम्मेद्वारलाई पर्नसक्ने सम्भावना पनि उत्तिकै रहेको अनुमान छ।

दक्षिणी भेगबाट गत भदौ ३१ गते सिरहामा ओली आएर एमाले प्रवेश गराएका गोपाल यादव र  सिराहाका नगरप्रमुख नवीन कुमार यादवको भाइ प्रवीणकुमार यादवले प्रदेशमा स्वतन्त्र उम्मेदवारी दिएकाले श्रेष्ठलाई चुनौती थपिएको छ।   

स्थानीय तहको मत परिणामका आधारमा दुवै उम्मेदवार उत्तिकै बलियो भएकाले अहिले नै कुनै एक उम्मेदवारले जित्ने अड्कलबाजी गर्न हतार हुने बुद्धिजीविहरुको मत छ।

सिराहा-३ को प्रदेश ‘क’ मा नेपाली कांग्रेसको तर्फबाट रामसगुन यादवले उम्मेदवारी दिएका छन्। मनोनयनकै दिन जसपाबाट पार्टी प्रवेश गराएर मनोज सिंहलाई नेकपा एमालेले उम्मेदवार बनाएको छ। यस प्रदेशमा पनि यादव र महतोबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ। प्रदेशसभका लागि ३ को ‘क’ बाट नेपाली कांग्रेस, नेकपा एमाले, जनमतसहित ५ पार्टीका र ११ स्वतन्त्रगरी १६ जनाले उम्मेदवारी दिएका छन्।

प्रदेश ३ को ‘ख’ बाट सता गठबन्धनका प्रमोद कुमार यादवले उम्मेदवारी दिएका छन्। उनी प्रदेश कानुन मन्त्री तथा एकीकृत समाजवादी पार्टीका जिल्ला अध्यक्ष समेत हुन्। एमाले–जसपा गठबन्धनका रेणु कुमारी यादको उम्मेदवारी परेको छ। यहाँ गोपाल प्रसाद यादव र सिरहा नगरपालिकाका मेयर नविन यादबका भाई प्रविन यादबले स्वतन्त्र उम्मेदवारी दिएका छन्। यहाँभने स्वतन्त्र उम्मेदवारको प्रभावपनि उत्तिकै देखिएको छ। 

२०७४ को निर्वाचनमा नेकपा एमाले–माओवादी गठवन्धनबाट श्रेष्ठ निर्वाचित भएका थिए। यस क्षेत्रमा ७ पार्टीका र १४ स्वतन्त्र सहित २१ जनाको प्रतिनिधिसभा सदस्यको लागि उम्मेदवारी परेको छ। 

Related Posts

जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग

काठमाडौं । जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग सम्बोधन नभए चरणबद्ध रूपमा आन्दोलनका…

ByByanjana soni ७ दिन अगाडि

एकै दिन सुन तोलामा आठ हजार तीन सयले घट्यो

काठमाडौं, १५ कात्तिक । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदी दुवैको मूल्यमा उच्च गिरावट आएको छ।…

ByByanjana soni १ हप्ता अगाडि

बाबुरामलाई समेत महसुस हुन थाल्यो देश गम्भीर संकटमा फस्दैछ भन्ने

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देश गम्भीर संकटतर्फ अघि बढिरहेको बताएका छन्। आइतबार सामाजिक सञ्जालमार्फत उनले बढ्दो…

ByByanjana soni १ हप्ता अगाडि

रौतहटमा सडक दुर्घटना : प्रहरी जवानको ज्यान गयो, श्रीमती जीवन-मरणको दोसाँधमा

  रौतहट, १३ कात्तिक। रौतहटमा ट्याक्टर र मोटरसाइकलबीच भएको भीषण सडक दुर्घटनाले एक प्रहरी परिवारमा बज्रपात भएको छ।…

ByByanjana soni २ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *