• Home
  • राजनीति
  • चुनावी सभामा सम्बोधन गर्न गठबन्धनका तीन शीर्ष नेता बैतडी जाँदै
Image

चुनावी सभामा सम्बोधन गर्न गठबन्धनका तीन शीर्ष नेता बैतडी जाँदै


काठमाडौं, २३ कात्तिक। आज सत्ता गठबन्धनका तीन शीर्ष नेता चुनावी सभामा सम्बोधन गर्न बैतडी जाँदै छन्। प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पाटनमा आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्ने भएका छन् ।

संयुक्त लोकतान्त्रिक–वाम गठबन्धनले आयोजना गरेको चुनावी सभाका लागि नेतात्रय पाटन प्रस्थान गर्ने नेपाली कांग्रेस बैतडीले जनाएको छ । संयुक्त लोकतान्त्रिक वाम गठबन्धनले मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनलाई ध्यानमा राखेर जिल्लाको पाटनमा चुनावी सभाको आयोजना गरेको हो।

चुनावी सभाका लागि तयारी पूरा भएको संयुक्त लोकतान्त्रिक बाम गठबन्धनका चुनाव प्रचारप्रसार संयोजक एवं नेपाली कांग्रेसका सभापति चतुरबहादुर चन्दले जानकारी दिए। सत्तारुढ शिर्ष नेताहरु बैतडी आउने भएपछि सुरक्षा व्यवस्था पनि कडा पारिएको छ । यस्तै उनीहरूको स्वागतका लागि पाटन बजार झकिझकाउ पारिएको छ ।

Related Posts

जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग

काठमाडौं । जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग सम्बोधन नभए चरणबद्ध रूपमा आन्दोलनका…

ByByanjana soni ६ दिन अगाडि

एकै दिन सुन तोलामा आठ हजार तीन सयले घट्यो

काठमाडौं, १५ कात्तिक । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदी दुवैको मूल्यमा उच्च गिरावट आएको छ।…

ByByanjana soni १ हप्ता अगाडि

बाबुरामलाई समेत महसुस हुन थाल्यो देश गम्भीर संकटमा फस्दैछ भन्ने

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देश गम्भीर संकटतर्फ अघि बढिरहेको बताएका छन्। आइतबार सामाजिक सञ्जालमार्फत उनले बढ्दो…

ByByanjana soni १ हप्ता अगाडि

रौतहटमा सडक दुर्घटना : प्रहरी जवानको ज्यान गयो, श्रीमती जीवन-मरणको दोसाँधमा

  रौतहट, १३ कात्तिक। रौतहटमा ट्याक्टर र मोटरसाइकलबीच भएको भीषण सडक दुर्घटनाले एक प्रहरी परिवारमा बज्रपात भएको छ।…

ByByanjana soni २ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *