• Home
  • राजनीति
  • टिकाभैरब लेले क्षेत्र थानकोट नारायणघाट जस्तै व्यापारिक हब बन्नसक्छ : उदयशम्शेर राणा
Image

टिकाभैरब लेले क्षेत्र थानकोट नारायणघाट जस्तै व्यापारिक हब बन्नसक्छ : उदयशम्शेर राणा

काठमाडौं, २३ कात्तिक।   ललितपुर क्षेत्र नम्बर १ लोकतान्त्रीक वाम गठबन्धनका साझा उम्मेदवार उदय शम्शेर राणाले कान्ति लोकपथ सडक निर्माण रोकिँदा सडक आसपासका जनताले सास्ती भोग्नु परेको बताएका छन् । २०७४ सालपछि विकास भन्दा पनि विनास बढी भएको बताउँदै नेता राणाले कान्ति लोकपथ सडक तराईसँग ललितपुर र काठमाडौं जोड्ने मेरुदण्ड भएको बताए । 

आज टिकाभैरबमा घरदैलो सभालाई सम्बोधन गर्दै उनले कान्ति लोकपथ सडक राम्रो र कालोपत्रे गर्न सके टिकाभैरब र लेले क्षेत्र अर्को थानकोट, नारायणघाट जस्तै व्यापारिक हब बन्न सक्ने सम्भावना रहेको बताए । 

उनले भने, ‘हामी गठबन्धनका साथीहरू जितेर गैसकेपछि यो कान्ति लोकपथ सडकलाई प्राथमिकताकासाथ विकास गर्छौं । यो सडक मात्रै नभएर यस क्षेत्रका सबै सडकको स्तरोन्नति र कालोपत्रे गर्ने कुरामा हामी प्रतिबद्ध छौं ।’ 

त्यस्तै क्षेत्र नम्बर १ प्रदेश सभा (ख) का साझा उम्मेदवार मीनकृष्ण महर्जनले आफु निस्वार्थ भावनाले राजनितिमा आएको बताए । उनले ललितपुरको समग्र विकास र जनताको सुख दुःखमा साथ दिन राजनितिमा प्रवेश गरेको बताए । 

नेता महर्जनले ऐतिहासिक धार्मिक एवं पर्यटकीय स्थलहरूको प्रचुर सम्भावना बोकेको ललितपुरको विकास र निकासका लागि लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवारहरूको जित अपरिहार्य भएको बताए ।

Related Posts

जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग

काठमाडौं । जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग सम्बोधन नभए चरणबद्ध रूपमा आन्दोलनका…

ByByanjana soni ७ दिन अगाडि

एकै दिन सुन तोलामा आठ हजार तीन सयले घट्यो

काठमाडौं, १५ कात्तिक । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदी दुवैको मूल्यमा उच्च गिरावट आएको छ।…

ByByanjana soni १ हप्ता अगाडि

बाबुरामलाई समेत महसुस हुन थाल्यो देश गम्भीर संकटमा फस्दैछ भन्ने

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देश गम्भीर संकटतर्फ अघि बढिरहेको बताएका छन्। आइतबार सामाजिक सञ्जालमार्फत उनले बढ्दो…

ByByanjana soni १ हप्ता अगाडि

रौतहटमा सडक दुर्घटना : प्रहरी जवानको ज्यान गयो, श्रीमती जीवन-मरणको दोसाँधमा

  रौतहट, १३ कात्तिक। रौतहटमा ट्याक्टर र मोटरसाइकलबीच भएको भीषण सडक दुर्घटनाले एक प्रहरी परिवारमा बज्रपात भएको छ।…

ByByanjana soni २ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *