विभिन्न स्थानमा सात जना मृत अवस्थामा फेला

1.1kViews
0 Shares

, २२ कात्तिक 

देशका विभिन्न स्थानमा सात जना मृत अवस्थामा फेला परेका छन् । 

मोरङको मिक्लाजुङ्ग गाउँपालिका–१ बर्खेस्थित खोल्सीमा सोही गाउँपालिका आले बस्ने ४३ वर्षीय मोति बहादुर राई सोमबार मृत अवस्थामा फेला परेका छन् । 

मकवानपुरको भिमफेदी गाउँपालिका–८ कोगटेस्थित दोभान खोलाको ढुंगाको काप्चामा ईन्द्रसरोबर गाउँपालिका–३ काप्राङ बस्ने ५७ वर्षीय संचार थिङ सोमबार मृत अवस्थामा फेला परेका छन् । 

सुनसरीको इटहरी उपमहानगरपालिका–९ विराटनगर लाईनस्थित सोही उपमहानगरपालिका–८ बस्ने ४५ वर्षीय कपिल हरिजन सोमबार मृत अबस्थामा फेला परेका छन् । 

तनहुँको देवघाट गाउँपालिका–२ जरम बस्ने ८० वर्षीय चन्द्र बहादुर थापा आफ्नै घर पछाडी रहेको भिरमा सोमबार मृत अवस्थामा फेला परेका छन् । आइतबार बिहानको खाना खाई घर नजिक रहेको बारीमा जान्छु भनी गएकोमा घर फर्की नआएपछि खोजी गर्ने क्रममा उनको शव फेला परेको हो । 

काठमाडौंको टोखा नगरपालिका–८ बानियाँटार पुल नजिक हाल पहिचान नखुलेका अन्दाजी ४० वर्षीय पुरुष सोमबार मृत अवस्थामा फेला परेका छन् । 

गोरखाको आरुघाट गाउँपालिका–१ साब्चेत सामुदायिक वन र दोरत सामुदायिक वनको सिमानाको जंगलको तीन खापे ढुङ्गाको कप्चेरोमा हाल पहिचान नखुलेका अन्दाजी ४० वर्षीय पुरुष सोमबार मृत अवस्थामा फेला परेका छन् ।    

सुनसरीको धरान उपमहानगरपालिका–१८ सुन्दर बजारमा हाल पहिचान नखुलेका अन्दाजी ५० वर्षीय पुरुष सोमबार मृत अवस्थामा फेला परेका छन् । 

सबै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय