• Home
  • राजनीति
  • चित्रबहादुर केसी र सूर्यप्रसाद पाठकबीच कडा प्रतिस्पर्धा हुने
Image

चित्रबहादुर केसी र सूर्यप्रसाद पाठकबीच कडा प्रतिस्पर्धा हुने


काठमाडौं, २२ कात्तिक। मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यका निर्वाचनमा बागलुङ क्षेत्र नम्बर १ मा २०७४ सालको निर्वाचनका सहयात्री राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र नेकपा एमालेका सूर्यप्रसाद पाठक नै मैदानमा उत्रिएका छन् ।८० वर्षीय केसीका मुख्य प्रतिस्पर्धीका रुपमा ४६ वर्षका पाठक छन् । गएको चुनाव जितेका पाठक युवा पुस्तामा प्रिय नेताका रुपमा परिचित छन् ।

बाग्लुङ क्षेत्र नम्बर १ मा चार वटा स्थानीय तहका ३७ वडा छन् । जसमध्ये गएको स्थानीय तहको चुनावमा गठबन्धनले २९ वडा जितेको थियो भने आठ वडामा मात्रै एमालेका उम्मेदवार विजयी भएका थिए ।गठबन्धनले ३१ हजार ६ सय ३७ मत पाएको थियो भने नेकपा एमाले २२ हजार ३७६ मत पाएको थियो । यो मत परिणाम हेर्दा गठबन्धन नौ हजार २ सय ६१ मतले अगाडि देखिन्छ ।

Related Posts

जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग

काठमाडौं । जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग सम्बोधन नभए चरणबद्ध रूपमा आन्दोलनका…

ByByanjana soni ६ दिन अगाडि

एकै दिन सुन तोलामा आठ हजार तीन सयले घट्यो

काठमाडौं, १५ कात्तिक । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदी दुवैको मूल्यमा उच्च गिरावट आएको छ।…

ByByanjana soni १ हप्ता अगाडि

बाबुरामलाई समेत महसुस हुन थाल्यो देश गम्भीर संकटमा फस्दैछ भन्ने

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देश गम्भीर संकटतर्फ अघि बढिरहेको बताएका छन्। आइतबार सामाजिक सञ्जालमार्फत उनले बढ्दो…

ByByanjana soni १ हप्ता अगाडि

रौतहटमा सडक दुर्घटना : प्रहरी जवानको ज्यान गयो, श्रीमती जीवन-मरणको दोसाँधमा

  रौतहट, १३ कात्तिक। रौतहटमा ट्याक्टर र मोटरसाइकलबीच भएको भीषण सडक दुर्घटनाले एक प्रहरी परिवारमा बज्रपात भएको छ।…

ByByanjana soni २ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *