• Home
  • समाचार
  • छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ जनाको मृत्यु
Image

छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ जनाको मृत्यु

काठमाडौं, २२ कात्तिक।  देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा परी ८ जनाको मृत्यु भएको छ । रूपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका–३ लंकपुरस्थित सडकमा लु.३ च ३११४ नम्बरको स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा साइकलयात्री कोटहीमाई गाउँपालिका–१ बस्ने ४५ वर्षीय महेन्द्र भर छन् । उनको सोमबार दिउँसो मृत्यु भएको हो । ठक्करबाट गम्भीर घाइते भएका उनको भिम अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो । स्कारपियो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

उदयपुरको त्रियुगा नगरपालिका–१४ दियालेस्थित सडकमा साउनेबाट गाईघाटतर्फ जाँदै गरेको प्र १–०५–००१ ह ००२७ नम्बरको अटो सोमबार साँझ दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा अटोमा सवार सवार सोही नगरपालिका–४ बगाहा बस्ने ३३ वर्षीया लिला मगरको ५ वर्षीय छोरा नुजल मगर छन् । 

दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका ८ जनामध्ये अटोमा सवार ५ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ भने अटो चालक समेत ३ जनालाई थप उपचारको लागि धरान घोपा रिफर गरिएको छ । 

बाराको पचरौता नगरपालिका–९ टियर पुलस्थित सडकमा कलैयाबाट सिम्रौनगढतर्फ जाँदै गरेको बिआर ०५ डि ७३७७ नम्बरको मोटरसाइकल सोमबार राति दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा मोटरसाइकल चालक सोही नगरपालिका–२ श्रीनगर बैरिया बस्ने ४२ वर्षीय रामाधार प्रसाद यादव छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि प्रादेशिक अस्पताल कलैयातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । 

भक्तपुरको सूर्यविनायक नगरपालिका–८ आदर्श चोकस्थित सडकमा मे.१ ख ३२३७ नम्बरको ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा पैदलयात्री हाल पहिचान नखुलेका अन्दाजी ३५ वर्षीय पुरुष रहेका छन् । उनको सोमबार राति मृत्यु भएको हो । 

ठक्करबाट गम्भीर घाइते भएका उनको केएमसि अस्पताल दुवाकोटमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ

कञ्चनपुरको बेदकोट नगरपालिका–५ पोल्खरीस्थित सडकमा सु.प.प्र.०१–०१० प १०७१ नम्बरको मोटरसाइकल सोमबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक सोही ठाउँ बस्ने २७ वर्षीय बसन्त जोशीको मृत्यु भएको छ । 

दुर्घटनामा गम्भीर घाइते भएका उनको महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा उपचारको क्रममा मृत्यु भएको हो ।    रौतहटको मौलापुर नगरपालिका–५ लक्ष्मीनियामा बीआर ०५ भी ८६०४ नम्बरको मोटरसाइकल र प्रदेश २ –०३–००१ स ६६६७ नम्बरको टेम्पो सोमबार राति ठोक्किँदा मोटरसाइकल चालक बारा सिम्रौनगढ नगरपालिका–८ बस्ने ३२ वर्षीय असलम पैठानको मृत्यु भएको छ । 

दुर्घटनामा गम्भीर घाइते भएका उनको न्यूरो अस्पताल वीरगन्जमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अन्य एक जनाको सोही अस्पतालमा उपचार भइरहेको  छ । टेम्पो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

कैलालीको गोदावरी नगरपालिका–१ धनगढीमा सु.प.प्र.०१–०१० प ३६९ नम्बरको मोटरसाइकल सोमबार राति दुर्घटना हुँदा चालक कञ्चनपुर लालझाडी गाउँपालिका–४ जाँई शिबिर बस्ने ३२ वर्षीय राजु चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो । 

गोरखाको गोरखा नगरपालिका–८ बराहा मन्दिरस्थित सडकमा ग.१ त ४८७८ नम्बरको ट्रयाक्टर सोमबार राति दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा चालक आरुघाट गाउँपालिका–१ मान्बु घर भई गोरखा नगरपालिका–५ सतिपिपल डेरा गरी बस्ने ३६ वर्षीय राजु गुरुङ छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको चितवन मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । 

Related Posts

एकै दिन सुन तोलामा आठ हजार तीन सयले घट्यो

काठमाडौं, १५ कात्तिक । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदी दुवैको मूल्यमा उच्च गिरावट आएको छ।…

ByByanjana soni १ हप्ता अगाडि

रौतहटमा सडक दुर्घटना : प्रहरी जवानको ज्यान गयो, श्रीमती जीवन-मरणको दोसाँधमा

  रौतहट, १३ कात्तिक। रौतहटमा ट्याक्टर र मोटरसाइकलबीच भएको भीषण सडक दुर्घटनाले एक प्रहरी परिवारमा बज्रपात भएको छ।…

ByByanjana soni २ हप्ता अगाडि

तोलामा ३२ सयले घट्यो सुनको मूल्य, चाँदीमा पनि भारी गिरावट

काठमाडौं, १३ कात्तिक । नेपाली बजारमा शुक्रबार सुनचाँदी दुवैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका शुक्रबार सुनको…

ByByanjana soni २ हप्ता अगाडि

टिकटकमा हतियार प्रदर्शन गर्दै ‘रौतहटको किङ’ बन्न खोज्ने युवक पक्राउ

रौतहट, ३० असोज । सामाजिक सञ्जाल टिकटकमा धारिलो हतियार प्रदर्शन गर्दै आफूलाई ‘किङ अफ रौतहट’ का रूपमा प्रस्तुत…

ByByanjana soni ४ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *