• Home
  • अर्थ
  • आजको मुद्रा विनिमयदर,घट्यो अमेरिकी डलरको भाउ
Image

आजको मुद्रा विनिमयदर,घट्यो अमेरिकी डलरको भाउ

काठमाडौं, २२ कात्तिक ।  अमेरिकी डलरको भाउमा गिरावट आएको छ । नेपाल राष्ट्र बैङ्कका अनुसार सोमबार अमेरिकी डलर एकको खरिदमा १३१ रुपैयाँ ६१ पैसा र बिक्रीमा १३२ रुपैयाँ २१ पैसा रहेकोमा मंगलबार घटेर खरिदमा १३० रुपैयाँ ७८ पैसा र बिक्रीमा १३१ रुपैयाँ १८ पैसामा झरेको हो । 

यसैगरी युरोपियन युरो पनि घटेको छ । यसअघि एकको खरिददर १३१ रुपैयाँ ११ पैसा र बिक्रीदर १३१ रुपैयाँ ७१ पैसा रहेकोमा आज घटेर खरिदमा १३० रुपैयाँ ५८ पैसा र बिक्रीमा १३१ रुपैयाँ १८ पैसा कायम भएको छ । 

अष्ट्रेलियन डलर एकको खरिदमा ८४ रुपैयाँ ५२ पैसा र बिक्रीमा ८४ रुपैयाँ ९१ पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ९५ पैसा र बिक्रीदर ९७ रुपैयाँ ३९ पैसा र सिङ्गापुर डलर एकको खरिददर ९३ रुपैयाँ १० पैसा र बिक्रीदर ९३ रुपैयाँ ५३ पैसा रहेको छ ।

जापानी येन १० एकको खरिदमा ८ रुपैयाँ ९२ पैसा र बिक्रीमा ८ रुपैयाँ ९६ पैसा, चाइनिज युआन एकको खरिददर १८ रुपैयाँ ०९ पैसा र बिक्रीदर १८ रुपैयाँ १८ पैसा, साउदी अरेबियन रियाल एकको खरिदमूल्य ३४ रुपैयाँ ८० पैसा र बिक्रीमूल्य ३४ रुपैयाँ ९६ पैसा, कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ७६ पैसा र बिक्रीदर ३५ रुपैयाँ ९३ पैसा, मलेसियन रिंग्गेट एकको खरिददर २७ रुपैयाँ ५९ पैसा र बिक्रीदर २७ रुपैयाँ ७२ पैसा र साउथ कोरियन वन १०० को खरिदमा ९ रुपैयाँ ३८ पैसा र बिक्रीमा ९ रुपैयाँ ४२ पैसा रहेको छ । 

Related Posts

एकै दिन सुन तोलामा आठ हजार तीन सयले घट्यो

काठमाडौं, १५ कात्तिक । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदी दुवैको मूल्यमा उच्च गिरावट आएको छ।…

ByByanjana soni १ हप्ता अगाडि

रौतहटमा सडक दुर्घटना : प्रहरी जवानको ज्यान गयो, श्रीमती जीवन-मरणको दोसाँधमा

  रौतहट, १३ कात्तिक। रौतहटमा ट्याक्टर र मोटरसाइकलबीच भएको भीषण सडक दुर्घटनाले एक प्रहरी परिवारमा बज्रपात भएको छ।…

ByByanjana soni २ हप्ता अगाडि

तोलामा ३२ सयले घट्यो सुनको मूल्य, चाँदीमा पनि भारी गिरावट

काठमाडौं, १३ कात्तिक । नेपाली बजारमा शुक्रबार सुनचाँदी दुवैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका शुक्रबार सुनको…

ByByanjana soni २ हप्ता अगाडि

टिकटकमा हतियार प्रदर्शन गर्दै ‘रौतहटको किङ’ बन्न खोज्ने युवक पक्राउ

रौतहट, ३० असोज । सामाजिक सञ्जाल टिकटकमा धारिलो हतियार प्रदर्शन गर्दै आफूलाई ‘किङ अफ रौतहट’ का रूपमा प्रस्तुत…

ByByanjana soni ४ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *