• Home
  • राजनीति
  • राष्ट्रपति भण्डारीले संविधानलाई नमान्दा नागरिकता विधेयक पास भएन – शेखर कोइराला
Image

राष्ट्रपति भण्डारीले संविधानलाई नमान्दा नागरिकता विधेयक पास भएन – शेखर कोइराला


काठमाडौं, २० कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेर संविधान उल्लंघन गरेको नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाको भनाई छ । कोइराला मोरङ क्षेत्र नम्बर ६ प्रतिनिधि सभा सदस्य उम्मेदवार हुन । आज निर्वाचन प्रचारप्रसारका क्रममा विराटनगरमा आयोजित कार्यक्रममा बोल्दै कोइरालाले नागरिकता विधेयक पास नगरिँदा योग्य नागरिक गैरनागरिकका रुपमा रहनु परेको बताएका छन् ।

नेता कोइरालाले राष्ट्रपति भण्डारीले संविधानलाई नमान्दा नागरिकता विधेयक पास हुन नसकेको अरोप समत लगाएका छन् । कोइरालाले सदनबाट दुई पटक पास गरेर पठाएको नागरिकता विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपतिले संविधान उल्लंघन गरेको आरोप लगाएकहा छन् । आगामी मंसिर ४ को निर्वाचनपछि यसै गठबन्धन सरकारले नागरिकता विधेयक पास गर्ने उनको भनाई छ । उनले नागरिकता बनाउन नपाउँदा उमेर पुगेका सर्वसाधारणले राज्यबाट पाउने सेवासुविधाबाट बन्चित हुनुपरिरहेको जिकिर गरेका छन् ।

Related Posts

जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग

काठमाडौं । जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग सम्बोधन नभए चरणबद्ध रूपमा आन्दोलनका…

ByByanjana soni ६ दिन अगाडि

एकै दिन सुन तोलामा आठ हजार तीन सयले घट्यो

काठमाडौं, १५ कात्तिक । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदी दुवैको मूल्यमा उच्च गिरावट आएको छ।…

ByByanjana soni १ हप्ता अगाडि

बाबुरामलाई समेत महसुस हुन थाल्यो देश गम्भीर संकटमा फस्दैछ भन्ने

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देश गम्भीर संकटतर्फ अघि बढिरहेको बताएका छन्। आइतबार सामाजिक सञ्जालमार्फत उनले बढ्दो…

ByByanjana soni १ हप्ता अगाडि

रौतहटमा सडक दुर्घटना : प्रहरी जवानको ज्यान गयो, श्रीमती जीवन-मरणको दोसाँधमा

  रौतहट, १३ कात्तिक। रौतहटमा ट्याक्टर र मोटरसाइकलबीच भएको भीषण सडक दुर्घटनाले एक प्रहरी परिवारमा बज्रपात भएको छ।…

ByByanjana soni २ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *