सेलिब्रेटी चाहिए सिलवाललाई मत दिनू, विकास र समृद्धि चाहिए मलाई भोट दिनू– उदयशमशेर राणा

1.0kViews
0 Shares


काठमाडौं, २० कात्तिक । ललितपुर १ प्रतिनिधिसभा सदस्य उम्मेदवार उदयशमशेर राणाले विकास र समृद्धिका लागि आफूलाई मत दिन आग्रह गरेका छन् ।सत्तारूढ गठबन्धनका साझा उम्मेदवार कांग्रेस नेता राणाले आफ्ना मतदातालाई विकास र समृद्धिका लागि आफूलाई भोट दिन आग्रह गरेका हुन् ।
चुनावी कार्यक्रममा मतदातालाई उनले भने, ‘सेलिब्रेटी चाहिए नवराज सिलवाललाई मत दिनु । तर, विकास र समृद्धि चाहिएको हो भने मलाई भोट दिनु ।’

आफ्नो प्रमुख उद्देश्य विकास रहेको र विकासमा पनि सडकसहितको पूर्वाधारमा जोड रहने बताएका उनले २०७४ सालको निर्वाचनपछि कति विकास भयो र त्यसअघिका विकासका पूर्वाधारको मर्मत कति भयो यसबारे चासो राख्नुपर्नेमा जोड दिए ।

निवर्तमान सांसद सिलवालले सडकसहितका पूर्वाधार मर्मतमा समेत चासो नदेखाएको र सेलिब्रेटीमात्र बन्न खोजेको आरोप लगाएका उनले सेलिब्रेटी बनेर जनताको समस्या समाधान नहुने बताए ।कोरोना महामारीमा जनतालाई बेवास्ता गरेका सिलवाल अहिले किसानको खेतमा पुगेर सेलिब्रेटी बन्न खोजेको राणाको आरोप छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय