निर्वाचन गठबन्धन दलको स्पष्ट बुहमत आउने प्रकाशशरण महतको दाबी
By YOUTV
४ वर्ष अगाडि
Comments: 0
काठमाडौं, २० कात्तिक। निर्वाचनपछि पनि नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठन हुने नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतको भनाई छ । प्रवक्ता महतले कांग्रेस नै ठूलो दल हुने दाबी गर्दै स्वभाविक रुपमा कांग्रेसले सरकारको नेतृत्व गर्ने बताएका हुन् ।आज महेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता महतले कांग्रेसको नेतृत्वले नै सरकारको नेतृत्व गर्ने बताएका छन् ।
उनले विगतमा संसदमा कम संख्या हुँदा पनि अन्य दलले नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनाउन आग्रह गरेको स्मरण गर्दै निर्वाचनपछि कांग्रेस ठूलो दल हुने भएकाले स्वतः सरकारको नेतृत्व गर्ने बताएका छन् ।प्रवक्ता महतले गठबन्धन दलको स्पष्ट बुहमत आउने दाबी समेत गरेका छन् । उनले स्पष्ट म्याण्डेटसहित सरकार गठन भएर अवरुद्ध भएको विकास र समृद्धिको यात्रा अघि बढ्ने उल्लेख गरेका छन् । एउटा दलको मात्रै बहुमत आउने सम्भावना नभएका कारण गठबन्धन गर्नुपरेको उनको भनाइ थियो ।
४ वर्ष अगाडि
४ वर्ष अगाडि
जिवनशैली, ताजा समाचार, देश, बागमती प्रदेश, लोकप्रिय
निश्ची अचार: सानो प्रयासबाट राष्ट्रिय पहिचान १ वर्ष अगाडि