उत्तर कोरियाले फेरि गर्‍यो ब्यालिस्टिक मिसाइल प्रहार

1.0kViews
0 Shares


सियोल, २० कात्तिक । उत्तर कोरियाले शनिबार समुद्रमा चार छोटो दुरीका ब्यालिस्टिक मिसाइल प्रहार गरेको दक्षिण कोरियाली सेनाले जनाएको छ । उत्तर कोरियाको प्रक्षेपणको लहरमा अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल र सन् १९५३ मा कोरियाली युद्धको अन्त्यपछि पहिलो पटक दक्षिण कोरियाको क्षेत्रीय जलक्षेत्रमा खसेको एउटा मिसाइल समावेश छ । 

संयुक्त राज्य अमेरिका र दक्षिण कोरियाले अहिलेसम्मकै सबैभन्दा ठूलो सैन्य अभ्यास गरिरहेका बेला यो प्रक्षेपण भएको हो।  अमेरिका र दक्षिण कोरियाको संयुक्त सेना अभ्यासबाट क्रुद्ध उत्तर कोरियाले त्यसलाई “आक्रामक र उत्तेजक“ भनेर वर्णन गरेको छ।

उत्तर कोरियाका यी प्रक्षेपणहरू आणविक परीक्षणमा परिणत हुन सक्ने चिन्ता व्यक्त गर्दै अमेरिका र दक्षिण कोरियाले आफ्नो सैन्य अभ्यास शनिबार पनि गरेको थियो ।
 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय