देश खान हाेइन देशको शत्रु खान उम्मेदवार भएकाे हुँ : स्वतन्त्र उम्मेदवार खड्का

980Views
0 Shares

काठमाडौं । रुपन्देही ३ का प्रतिनिधिसभा सदस्य पदका स्वतन्त्र उम्मेदवार केशवविक्रम खड्काले कुनै पनि उम्मेदवार ठूलो सानो नहुने भएकाले राज्यले समान व्यवहार गर्नु पर्ने बताएका छन् । वहालवाल गृहमन्त्रीसहित २२ जनाको उम्मेदवारी रहेको यस क्षेत्रमा सबैलाई समान व्यवहार हुनुपर्ने उनले बताए । उनले भने, ‘राज्य सत्तामा भएकालाई एउटा व्यवहार नभएकालाई अर्काे गर्नु भएन ।’  

हालसम्म कुनै दलमा आबद्ध नभएको दाबी गर्दै खड्काले आफ्नाे प्रतिस्पर्धी नै नभएको दावी गरे । उनले आफूलाई बाघको संज्ञा दिँदै भने, ‘म बाघ हो, देशका शत्रु खान्छु भनेर आएको छु । अरु उम्मेदवार त देशलाई खाने बाघ हुन् उनीहरूले स्वजातिलाई समेत खान्छन् ।’

 भैरहवमा शनिवार पत्रकारसँग परिचय गर्दै उनले देशको शत्रु नाश गर्न कै लागि उम्मेदवारी दिएकाे बताए । उनले निर्वाचन जित्न खर्च गर्न नपर्ने पनि बताए । निर्वाचन आयाेगले २० लाखको लिमिट दिए पनि आफ्नाे  १० लाख पनि खर्च नहुने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय