Trending

मुलुकको समृद्धिका लागि गठबन्धन गरिएको हो –नैनसिंह महर

960Views
0 Shares

काठमाडौं, १५ कात्तिक । नेपाली कांग्रेस केन्द्रीय सदस्य नैनसिंह महरले मुलुकको समृद्धिका लागि गठबन्धन गरिएको बताएका छन् । चुनाव प्रचारका क्रममा डडेल्धुरा पुगेका महरले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको पूर्ववर्ती व्यभीचारी शासनको पुनरावृत्ति हुन नदिन पनि गठबन्धन भएको जिकिर गरेका हुन् ।

‘संविधान नै च्यात्न खोजेपछि वर्तमान गठबन्धन बनेको हो । त्यो कांग्रेसको रहर होइन । देशलाई दुर्घटनाबाट जोगाउन गठबन्धन गर्नुपरेको बाध्यात्मक अवस्था थियो । गठबन्धन बनेपछि मुलुक ठूलो दुर्घटनामा जानबाट जोगिएको छ। त्यसैले गठबन्धनका साझा उम्मेदवारलाई विजयी गराउनु होला,’ महरले भने ।

डडेल्धुरामा प्रतिनिधिसभा सदस्यका उम्मेदवार एवं प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध लड्न उम्मेदवारी दिएकाहरूको जमानत जफत हुने महरको दाबी छ ।महरले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन कुनै एक क्षेत्रको विकासका लागि मात्र नभई समग्र मुलुकको विकासका लागि हुने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय