Trending

आज नेकपा (एमाले) ले चुनावी घोषणापत्र सार्वजनिक गर्दै

950Views
0 Shares


काठमाडौं, १५ कात्तिक । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले चुनावी घोषणापत्र आज सार्वजनिक गर्ने भएको छ । एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालका अनुसार ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि आज दिउँसो १ः३० बजे घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रम छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले काठमाडौंको एक होटलमा हुने औपचारिक कार्यक्रममा घोषणापत्र सार्वजनिक गर्नेछन् ।
एमालेले ‘समृद्व नेपाल सुखी नेपाली’को नारालाई नै निरन्तरता दिएर घोषणापत्र सार्वजनिक गर्न लागेको हो ।

एमाले अध्यक्ष ओलीको संयोजकत्वमा घोषणापत्र सुझाव समिति बनेको थियो । घोषणापत्र निर्माणअघि सामाजिक सञ्जाल, टेलिफोनलगायतका सञ्चारमाध्यमबाट विभिन्न विषयवस्तुमाथि सुझाव संकलन गरिएको थियो ।कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र राप्रपाले भने घोषणापत्र सार्वजनिक गरिसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय