Trending

छठका लागि जनकपुरमा तीन करोडको भारतीय केरा

965Views
0 Shares

काठमाण्डाै – छठका लागि धनुषाको जनकपुरमा तीन करोडको भारतीय केरा भित्रिएको छ ।  छठ पर्वका लागि केरा अत्यावश्यक मानिन्छ । स्वदेशी उत्पादनले माग धान्न नसक्दा भारतीय केरा भित्रिएको हो । छठ पर्वमा सिङ्गै केराको घरी नै चढाउने परम्परा छ । त्यसैले केराको माग उच्च हुन्छ ।

स्वदेशी उत्पादन कम हुँदा हरेक वर्ष भारतको भर पर्नुपर्ने अवस्था रहेको जनकपुर फलफूल तथा तरकारी व्यवसायी समितिका अध्यक्ष विषेश्वर यादवले बताउनुभयो । छठका लागि मधेस प्रदेशको राजधानी जनकपुरधाममा मात्रै तीन करोड बराबरको केरा आयात भएको छ । भाउ पनि बढेको छ । अघिल्लो वर्षको तुलनामा यस वर्ष २५ प्रतिशतले केराको भाउ महँगिएकाे फलफूल तथा तरकारी व्यवसायी समितिका सचिव भुवनेश्वर पूर्वेले जानकारी दिनुभयो ।

जनकपुरमा गोपाल र वंशीभोग केरा नेपालको सप्तरीका भारदह, भन्टावारी तथा इनरुवाबाट भित्र्याइएको छ । मालभोग, मिरिचमान, चम्पा केरा भारतको आसाम, गोहाटी, बङ्गाल, हाजिपुर, ठाकुरगञ्ज र चम्पारणबाट मगाउने गरिएको छ । बजारमा घरीलाई पाँच सयदेखि एक हजार मूल्यमा बिक्री गरिन्छ ।

नेपालको हरेक क्षेत्रमा स्थानीय जातका केरा उत्पादन हुन्छ । केरा उत्पादनको लागि तराई/मधेस वा समग्र नेपालको जग्गा जमिन राम्रो मानिन्छ । तर चाडपर्वको समयमा भारतकै भर पर्नुपर्ने अवस्था छ । नेपालमा मालभोग, झापाली मालभोग, विलियम हाइब्रिड रोवस्टा, विलियम हाइब्रिडलगायत जातका केरा खेती उत्पादन हुँदै आएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय