घोषणापत्रमा निर्वाचनलाई प्रभाव पार्ने सस्तो कुरालाई समेटेको छैन –विश्वप्रकाश शर्मा
By YOUTV
४ वर्ष अगाडि
Comments: 0
काठमाडौं, १२ कात्तिक । कांग्रेसले सार्वजनिक गरेको घोषणापत्रमा राज्यले अंगीकार गरेको दिगो विकासका कुरा एकातिर छोडेर निर्वाचनलाई प्रभाव पार्ने सस्तो कुरालाई प्राथामिकता नदिएको नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको भनाई छ ।
आज कांग्रेसको घोषणापत्र सार्वजनिक कार्यक्रममा बोल्दै उनले पाँच वर्ष संसद् चलाउने र स्थिर सरकार दिने प्रतिवद्धता समेत जारी गरेका छन् । घोषणापत्र लेखन समिति संयोजकसमेत रहेका उनले ‘संविधानको रक्षा स्थायित्व र सम्मुनतिको आधार नेपाली कांग्रेसको नेतृत्वमा अबको सरकार’ नाराका साथ घोषणापत्र सार्वजनिक गरिएको जानकारी दिएका छन् ।
उनले भने,“ह्विल चियरमा बसेका, साहित्य कलामा समावेश भएका मात्र होइन पाका उमेर समूह र पहिलोपटक भोट हाल्ने युवकको घोषणापत्र लेखनमा सहभागिता रहेको छ । समावेशीताको अनुहार पनि यहाँ चित्रित छ । विज्ञ अर्थशास्त्री र वौद्धिकहरुको सहभागिता छ ।”
४ वर्ष अगाडि
४ वर्ष अगाडि
जिवनशैली, ताजा समाचार, देश, बागमती प्रदेश, लोकप्रिय
निश्ची अचार: सानो प्रयासबाट राष्ट्रिय पहिचान १ वर्ष अगाडि