• Home
  • समाचार
  • एक्सबीबी नेपालमा पहिचान भएकाले सजग रहन स्वास्थ्य मन्त्रालयको आग्रह
Image

एक्सबीबी नेपालमा पहिचान भएकाले सजग रहन स्वास्थ्य मन्त्रालयको आग्रह


काठमाडौं, १२ कात्तिक । ओमिक्रोन भेरियन्टको सबभेरियन्ट एक्सबीबी नेपालमा पहिचान भएकाले सजग रहन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आग्रह गरेको छ । स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता डा.समीर कुमार अधिकारीले पछिल्लो समय सङ्क्रमित भएकामध्ये धेरैमा एक्सबीबी सबभेरियन्ट पाइएको बताएका छन् । उनले अघिल्लो महिनाको तुलनामा सङ्क्रमित बढ्नुको मुख्य कारण ओमिक्रोनको सवभेरियन्ट एक्सबीबी भएको उल्लेख गरेका छन्।

श्रावण २१ गतेदेखि असोज १४ सम्म कोभिड–१९ को विभिन्न उमेर समूहका व्यक्तिहरूमा सङ्कलित नमुनाको जिनोम सिक्वेन्सिङ गर्दा ओमिक्रोनको सबभेरियन्ट एक्सबीबी नेपालमा पहिलो पटक पहिचान भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । उक्त भेरियन्ट देशका विभिन्न भागमा फैलनुका साथै कोभिड –१९ को सङ्क्रमण बढेको देखिएको जारी सूचनामा उल्लेख गरिएको छ ।

Related Posts

पर्साको स्वास्थ्य क्षेत्रमा भरोसाको नाम बन्दै डा. निरज सिंह

वीरगञ्ज । पर्साको स्वास्थ्य क्षेत्रमा सक्रिय, अनुभवी र बिरामीको विश्वास जित्न सफल चिकित्सकका रूपमा डा. निरज सिंहको नाम…

ByByanjana soni १ महिना अगाडि

Dashrath Grocery को नयाँ अफर: रु. ३ हजारको सामान खरिद गर्दा iPhone जित्ने मौका

  काठमाडौं । दैनिक उपभोग्य सामग्री सस्तो तथा सहज मूल्यमा उपलब्ध गराउँदै आएको Dasharath Grocery ले ग्राहकका लागि…

ByByanjana soni १ महिना अगाडि

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj २ महिना अगाडि

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj २ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *