• Home
  • खेलकुद
  • प्रशिक्षक युगल किशोर राई संयुक्त राज्य अमेरिका प्रस्थान
Image

प्रशिक्षक युगल किशोर राई संयुक्त राज्य अमेरिका प्रस्थान

काठमाडौं, ८ कात्तिक।   ‘ए’ लाईसेन्स प्राप्त प्रशिक्षक युगल किशोर राई संयुक्त राज्य अमेरिका प्रस्थान गरेका छन् । 

उच्च शिक्षा हासिल गर्न युगल अमेरिका पुगेको एन्फा पूर्वसदस्य मधुसुदन उपाध्यायले बताए । ‘अध्ययन र व्यक्तिगत प्रयोजनका लागि अमेरिका प्रस्थान गरेका हुन्,’ राष्ट्रिय टोलीका पूर्व व्यवस्थापक समेत रहेका उपाध्यायले भने । राई मंगलबार विहान त्यसतर्फ प्रस्थान गरेका हुन् । 

राईले गत वर्ष एएफसी कोचिङ ‘ए’ लाइसेन्स प्राप्त गरेका थिए । गत असोज ११ गते नेपालले बंगलादेशले मैत्रीपूर्ण खेल खेल्दा राई सहायक प्रशिक्षक थिए । एन्फा स्रोतका अनुसार राई सम्भवतः अमेरिकामै रहनेछन् । 

घरेलु फुटबलमा भने राईले ए डिभिजन क्लब हिमालयन शेर्पा, बी डिभिजन क्लब बासबारी क्लब र फ्रेन्चाइज धनगढी एफसीमा मुख्य प्रशिक्षकसँग आवद्ध थिए । दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल)मा राई धनगढी एफसीसँग आवद्ध भएका थिए । 

खेलाडीको रुपमा राईले न्युरोड टिम एनआरटी, रानिपोखरी कर्नर टिम आरसिटी, मनाङ मस्र्याङ्दी क्लब र नेपाल पुलिसबाट खेलेका थिए । 

Related Posts

एकै दिन सुन तोलामा आठ हजार तीन सयले घट्यो

काठमाडौं, १५ कात्तिक । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदी दुवैको मूल्यमा उच्च गिरावट आएको छ।…

ByByanjana soni १ हप्ता अगाडि

रौतहटमा सडक दुर्घटना : प्रहरी जवानको ज्यान गयो, श्रीमती जीवन-मरणको दोसाँधमा

  रौतहट, १३ कात्तिक। रौतहटमा ट्याक्टर र मोटरसाइकलबीच भएको भीषण सडक दुर्घटनाले एक प्रहरी परिवारमा बज्रपात भएको छ।…

ByByanjana soni १ हप्ता अगाडि

तोलामा ३२ सयले घट्यो सुनको मूल्य, चाँदीमा पनि भारी गिरावट

काठमाडौं, १३ कात्तिक । नेपाली बजारमा शुक्रबार सुनचाँदी दुवैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका शुक्रबार सुनको…

ByByanjana soni १ हप्ता अगाडि

विश्वकप अधिकार बेच्ने गोप्य योजना: फिफा अध्यक्ष इन्फान्टिनोले मागे माफी

काठमाडौं, ३० असोज। अध्यक्ष जियानी इन्फान्टिनोले ‘फिफा फरवार्ड इन्टरप्राइज’मार्फत विश्वकपका अधिकारहरू बेच्ने आफ्नो योजनाका लागि फिफा काउन्सिल समक्ष…

ByByanjana soni ३ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *