• Home
  • राजनीति
  • गठबन्धनले जित्नु मुलुकको अगाडि हिड्ने बाटो निर्धारित हुनु हो –विश्वनाथ पौडेल
Image

गठबन्धनले जित्नु मुलुकको अगाडि हिड्ने बाटो निर्धारित हुनु हो –विश्वनाथ पौडेल

काठमाडौं, ८ कात्तिक । नेपाली कांग्रेसबाट चितवन १ का प्रतिनिधिसभा उम्मेदवार डा. विश्वनाथ पौडेलले अग्रगमन र विकासका लागि गठबन्धनका उम्मेदवार विजयी हुनुपर्ने बताएका छन् । चितवन १ को चुनावी प्रचार प्रसारका क्रममा उनले चुनाव भनेको चुन्ने कुरा भएकाले मंसिरको ४ चुनावमा अग्रगमन र विकास चुन्न आग्रह गरेका छन् । सत्ता गठबन्धनले चुनाव जित्दा मुलुक अग्रगमनतिर जाने र विकास पनि हुने पौडेलले उल्लेख गरेका छन् ।

गठबन्धनले चुनाव जिते संविधानको रक्षा र स्थायित्व हुने उनले जिकिर गरेका छन् । उनले गठबन्धनले जित्नु मुलुकको अगाडि हिड्ने बाटो निर्धारित हुनु भएको बताएका छन् । यो भन्दा यताउता भयो भने फेरि अस्थिरता निम्तिने र विकास नहुने उनको दाबी थियो ।

पूर्वी चितवनको विकासका लागि प्रतिनिधिसभा र प्रदेशमा गठबन्धनका उम्मेदवारलाई जिताउन उनको आग्रह छ ।उनले चितवन १ बाट अस्थिरताका कारकलाई जिताएर पठाउँदा विकास नहुँने बताएका छन् । योजना आयोगको उपाध्यक्ष हुँदा पूर्वी चितवनका विभिन्न खोलाहरुमा तटबन्ध निर्माणका काम थालेको उनको भनाइ छ ।

Related Posts

जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग

काठमाडौं । जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग सम्बोधन नभए चरणबद्ध रूपमा आन्दोलनका…

ByByanjana soni ६ दिन अगाडि

एकै दिन सुन तोलामा आठ हजार तीन सयले घट्यो

काठमाडौं, १५ कात्तिक । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदी दुवैको मूल्यमा उच्च गिरावट आएको छ।…

ByByanjana soni १ हप्ता अगाडि

बाबुरामलाई समेत महसुस हुन थाल्यो देश गम्भीर संकटमा फस्दैछ भन्ने

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देश गम्भीर संकटतर्फ अघि बढिरहेको बताएका छन्। आइतबार सामाजिक सञ्जालमार्फत उनले बढ्दो…

ByByanjana soni १ हप्ता अगाडि

रौतहटमा सडक दुर्घटना : प्रहरी जवानको ज्यान गयो, श्रीमती जीवन-मरणको दोसाँधमा

  रौतहट, १३ कात्तिक। रौतहटमा ट्याक्टर र मोटरसाइकलबीच भएको भीषण सडक दुर्घटनाले एक प्रहरी परिवारमा बज्रपात भएको छ।…

ByByanjana soni १ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *