• Home
  • समाचार
  • भक्तपुरमा सुरु भयो तिहार रमाइलो मेला
Image

भक्तपुरमा सुरु भयो तिहार रमाइलो मेला

भक्तपुर, ५ कात्तिक । भक्तपुरको आदर्श चोकमा शुक्रबारदेखि तिहार विशेष रमाइलो मेला सुरु भएको छ । मेला कार्तिक ९ गते बुधबारसम्म चल्ने जनाइएको छ । आदर्शको सूर्यविनायक हरित कृषि तथा थोक बजार प्रालि आदर्श चोकको आयोजनामा मेला सुरु भएको हो । मेला तरकारी बजारभित्रै सुरु भएको हो । तरकारी बजारभित्र सस्तो बजारको शुभारम्भ एवं सूर्यविनायक हरित कृषि तिहार विशेष रमाइलो मेला २०७९ सुरु भएको हो । 

मेलाको व्यवस्थापन ममता केन्द्र नेपाल काठमाडौं गरेको छ । खुशी जनरल स्टोर सूर्यविनायक नगरपालिका ८ आदर्श चोकले मेलाको सहयोगी रहेको छ । मेलाको क्रममा दैनिक विभिन्न राष्ट्रिय कलाकारहरुबाट गीत, संगीत, नृत्यमार्फत मनोरञ्जन गराउने कार्यक्रम रहेको जनाइएको छ । 

मेलाको क्रममा प्रत्येक दिन बिहान साढे ११ बजेदेखि राति साढे सात बजेसम्म मनोरञ्जनात्मक कार्यक्रम हुने जनाइएको छ ।
मेलामा सहभागी हुन प्रतिव्यक्ति ५० रुपैयाँं टिकट दर रहेको छ । साथै विद्यार्थीका लागि प्रतिव्यक्ति ३० रुपैयाँं प्रवेश शुल्क राखिएको छ । मेलामा बृद्धबृद्धा, अपांग, पत्रकार आदिका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको जनाइएको छ । 

यसअघि मेलाको उदघाटन पूर्व उद्योगमन्त्री महेश वस्नेतले गरेका थिए । कार्यक्रममा सूर्यविनायक हरित कृषि तथा थोक बजार प्रालिका अध्यक्ष राकेश प्रसाईको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रममा एमाले नेता किरण थापालगायतका सहभागी रहेका थिए । 

Related Posts

एकै दिन सुन तोलामा आठ हजार तीन सयले घट्यो

काठमाडौं, १५ कात्तिक । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदी दुवैको मूल्यमा उच्च गिरावट आएको छ।…

ByByanjana soni १ हप्ता अगाडि

रौतहटमा सडक दुर्घटना : प्रहरी जवानको ज्यान गयो, श्रीमती जीवन-मरणको दोसाँधमा

  रौतहट, १३ कात्तिक। रौतहटमा ट्याक्टर र मोटरसाइकलबीच भएको भीषण सडक दुर्घटनाले एक प्रहरी परिवारमा बज्रपात भएको छ।…

ByByanjana soni १ हप्ता अगाडि

तोलामा ३२ सयले घट्यो सुनको मूल्य, चाँदीमा पनि भारी गिरावट

काठमाडौं, १३ कात्तिक । नेपाली बजारमा शुक्रबार सुनचाँदी दुवैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका शुक्रबार सुनको…

ByByanjana soni १ हप्ता अगाडि

टिकटकमा हतियार प्रदर्शन गर्दै ‘रौतहटको किङ’ बन्न खोज्ने युवक पक्राउ

रौतहट, ३० असोज । सामाजिक सञ्जाल टिकटकमा धारिलो हतियार प्रदर्शन गर्दै आफूलाई ‘किङ अफ रौतहट’ का रूपमा प्रस्तुत…

ByByanjana soni ३ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *